कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

म्याग्दी:    ‘आकाशैको मुलीमा तारा भुइँमा खस्यो सरस्वती गुरुज्यू शिरैमा चढाउला...’  रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता भन्ने भावलाई गीतबाट प्रस्तुत गर्नुभयो । उहाँको साथमा रहेका महिला कलाकारले उहाँलाई साथ दिनुभएको थियो ।  कछाड र भाङ्ग्रामा सजिएका दुई जना (मादले)ले थजालीको भाकामा कम्मरमा भिरेको मादल बजाउँदै नाच्न थाले । महिलाको पहिरनमा सजिएका थप दुई जना (मारुनी) कलाकार पनि मादलेसँगै लय मिलाएर नृत्यलाई निरन्तरता दिए । ‘सोह्र सय गोपीनीले यमुना नुुहाउँदैछन् कृष्णजी अयोध्याबाट आउँदैछन्...’ जस्तै विभिन्न धार्मिकग्रन्थका विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिने पुख्र्यौली गीत र नाच म्याग्दीका मगर समुदायको मौलिक सांस्कृतिक पहिचान भएको थजालीले बताउनुभयो ।  “पुख्र्यौली गीत र नृत्यले देवीदेवताको सम्मान गर्छ, यसमा प्रेमका विषय हुँदैनन्”, झिँका अगुवा मारुनी कलाकार रेशमबहादुुर थजालीले भन्नुभयो, “जस्तै हन्दू धर्मग्रन्थको रामायणमा राम र सीताको बिहे भएकोदेखि वनबास गएको र रावणसँगको युद्धका विषयलाई गीत र नृत्यका माध्यमबाट प्रस्तुत गर्नु नै ‘पुख्र्यौली’को प्रमुख विषेशता हो ।” अनौठो मौलिक नाच  सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवरलगायत शुभकार्यमा अनिवार्य देखाउने चलन छ । दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेबीच मादलको ताल मिल्नुपर्छ । पुख्र्यौली सात रात सात दिनसम्म पनि गाएर÷नाचेर नसकिने मान्यता छ ।  पुख्र्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरू कोही–कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भाङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर ९मादले मारुनी० नाच देखाउँछन् ।  विशेषगरी यो नाच सुुरु गर्नुपूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरू एक्कासी काम्ने गर्छन् । पूर्ण रूपमा अचेत नभए पनि स्वतःस्फुर्त रूपमा मादलको तालले उनीहरूका शरीरमा कम्पन ल्याउने र काम्ने गरेको पुख्र्यौली नाच्ने कालकारको भनाइ छ ।  नाच सुरु हुनुपूर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न सुरु गर्नेहरूमा मादलको २२ ताल पुगेपछि मात्रै आफैँ कम्पन हराउने झिँका अगुवा मारुनी कलाकार थजालीले बताउनुभयो । उहाँका अनुसार नृत्य प्रस्तुत भइरहँदा कार्यक्रममा सहभागी केही–केही पत्याउनै गाह्रो पर्नेगरी एक्कासी काम्न सुरु गर्ने यो नृत्यमा हराउने गर्दछन् । संरक्षणका लागि पुस्तान्तरण  अन्य सार्वजनिक कार्यक्रममा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई म्याग्दीका धेरै बस्तीका मगर समुदायले पुस्तान्तरण गरेर जोगाएका छन् । पुख्र्यौली नाच संरक्षणका लागि अग्रज र पाका कलाकारहरूबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदै आएको छ ।  रघुगङ्गा गाउँपालिका–५ झिँका ३५ वर्षीय टकबहादुर गर्बुजाले मनोरञ्जन र रमाइलोसँगै पुराना संस्कृति जोगाउन मारुनी नाच सिकेको बताउनुभयो ।  “केही वर्ष अघिसम्म बूढापाकामात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौँ”, उहाँले भन्नुभयो, “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुख्र्यौली संस्कृतिको ज्ञान, सीप र मौलिकता हस्तात्रण गरेर लोप हुन दिँदैनौँ ।” युवावर्ग वैदेशिक रोजगारीमा जाने क्रमले पछिल्लो युवापुस्ता र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालिम, सहजीकरणलगायत माध्यमबाट संस्कृति संरक्षणमा पहल गरिएको रघुुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो ।  “पुख्र्यौली संस्कृति पुर्खाको सम्पत्ति र हाम्रो लागि गहना हुन्”, उहाँले भन्नुभयो, “युवापुस्तालाई यसप्रति आकर्षण गर्ने र संस्कृति जोगाउने प्रयास गरेका छौँ ।”

काठमाडौं:    जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ । 

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।   युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।   जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४ रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा तोकेको छ ।   भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।  वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:   नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।  आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा चिनिनुहुन्छ । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।  दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो । बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।  नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् ।  नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गापक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।  नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

भक्तपुर:    नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ ।  नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो ।  भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।  भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।   त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिनुभयो ।  उहाँका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।  नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।  कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।

पोखरा:    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपाल अन्तरगतको ४ वटा क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।  शुक्रबार साँझ भएको रिजन १६ अन्तर्गतको जोन ३१ मा रहेका क्लबहरु लायन्स क्लब अफ पोखरा चौतारी, न्युरोड चौतारी, सुन्दर चौतारी र लियो क्लव अफ पोखरा चौतारीका वर्ष २०२४÷०२५ का नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालका गभर्नर मिलन थापाले ४ वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएकी थिइन । गभर्नर थापाले पदस्थापित भएका पदाधिकारीहरुले आगामी दिनमा लायन्सको पदिय जिम्मेवारी अनुसारको जिम्मेवारी निर्वाह गर्नेमा आपूm आसावादी रहेको बताईन ।  उनले पछिल्लो समय बर्षासंगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण ठुलो मात्रमा धनजनको क्षति भएको उल्लेख गर्दै क्लवहरुले पीडितहरुका लागि उद्धारसंगै राहतका कार्यमा लागेको बताइन् ।  गभर्नर थापाले गत आउन महिनामा गोरखाको धार्के लगायत विभिन्न ठाउँहरुमा ठुलो मात्रमा धनजनको क्षति भएकाले लायन्स अन्तराष्ट्रियबाट रकमबाट सहयोग गरेको बताइन ।  उनले यस पटक पनि बाढीपहिरो पीडितका लागि लायन्स अन्तराष्ट्रियको डिजाष्टर फण्डबाट १५ हजार अमेरिकी डलर उपलब्ध भएको बताउदै विभिन्न ठाउँका पीडितका लागि सहयोग गर्ने योजना बनाएको बताइन् ।  उनले विपत्तिमा परेका नागरिकका लागि क्लवस्तरबाट पनि सहयोग गर्नका लागि आग्रह गरिन् । कार्यक्रमका प्रमुख अतिथि एव पदस्थापन अधिकृत डिस्ट्रिक्ट गर्भनर थापाले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यको निरन्तरता दिदै समाजमा सकारात्मक शन्देश प्रवाह गर्ने गरि कार्य गर्नु पर्ने बताइन् । गभर्नर थापाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायन्सको इतिहाँसका वारेका वारेमा जानकारी गराउदै पदाधिकारीहरुलाइ सपथ ग्रहण समेत गराएकी थिइन । पुर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेम बहादुर श्रेष्ठले डिष्ट्रिक गभर्नर थापासहित क्लव पदाधिकारीहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको उल्लेख गरे। उनले डिष्ट्रिक गभर्नर थापासहित पदाधिकारीको योगदानकै कारण उत्कृष्ट डिष्ट्रिक बन्न सफल भएको बताए ।   त्यसैगरी पूर्व डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधानले विगतमा नेपाल गभर्नर बन्नका लागि झेलेका कष्ट उल्लेख गरे । लायन वर्ष २०२३÷०२४ मा गरेका सामाजिक कार्यका वारेमा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष ऐन बहादु ऐर, न्यूरोड चौतारीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, सुन्दर चौतारीका मिना भट्टराई र लियो पोखरा चौतारीका सहनशित पौडेलले जानकारी गराएका थिए ।  उनीहरुले आफ्नो कार्यकालयमा स्वास्थ्य, शिक्षा, वातावरण, खानेपानी लगायतका क्षेत्रमा कार्य गरेको उल्लेख गरे । त्यसैगरी लायन वर्ष २०२४÷०२५ का लागि पोखरा चौतारीका अध्यक्ष परशुराम पौडेल, न्यूरोड चौतारीका अध्यक्ष माधब बास्ताकोटी, सुन्दर चौतारीका हरिमाष दजाडी र सहनशिल बरालले हालसम्म गरेका कार्यसहित भावी योजना प्रस्तुत गरेका थिए ।  उनीहरुले समेत आगामी योजनामा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता ब्याक्त गरे । कार्यक्रमको पहिलो सत्रको अध्यक्षता पोखरा चौतारीका २०२३÷०२४ अध्यक्ष ऐन बहादुर ऐरले गरेका थिए । कार्यक्रमका स्वागत मन्तब्य पोखरा चौतारीका पूर्व अध्यक्ष एवं पूर्व डिष्ट्रिक गभर्नर ध्रुर्ब बहादुर थापाले गरेका थिए ।  कार्यक्रम संचालन पोखरा चौतारीका पूर्व अध्यक्ष एवं जोनचेयर पर्सन राजेन्द्र बहादुर कार्कीले गरेका थिए ।  त्यस्तै कार्यक्रमा धन्यवाद ज्ञापन क्लवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट सचित कृष्ण बहादुर अधिकारीले गरेका थिए ।  

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित स्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।      पोखरा–३२ भमरा पार्टी प्यालेसमा सम्पन्न साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा वडा अध्यक्ष कार्कीले सहकारीहरूमा पारदर्शिता, आर्थिक अनुशासन आवश्यक हुनेमा जोड दिनुभयो ।      सहकारीका अध्यक्ष किसान परियारले सहकारीमा आर्थिक अनुशासन कायम गर्दै आम सर्वसाधारणको बचतलाई सुरक्षित गराउनेतर्फ संस्था निरन्तर लागिरहेको जानकारी गराउनुुभयो ।       पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।      सहकारी अध्यक्ष किसान परियारको सभापतित्व एवम् सचिव शरणकुुमार प्रधानले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गर्नुुभएको थियो ।  कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष मेघराज पौडेल, रुपा सहकारीका अध्यक्ष गणेशबहादुर खत्री, शेयर सदस्यद्वय फुलमाया राना र मोहनराज बराल, राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका ऋण अधिकृत रोशन खतिवडा  लगायतले बोल्नुभएको थियो ।  कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सञ्चालक समिति सदस्य मनमाया पुनले गर्नुभएको थियो भने आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन सचिव शरणकुमार प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता थापाले प्रस्तुत गर्नुभएको थियो ।  त्यस्तै लेखा सुरपरिवेक्षण प्रतिवेदन संयोजक मणिनाथ न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले नियमित बचतलाई आजीवन शेयर रहेसम्म बचत गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । सहकारीले  सदस्यहरूको सहजताका लागि तत्काल मोवाइल बैंकिङ सेवा बिस्तार गर्ने जनाएको छ ।      कार्यक्रमका अवसरमा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा संस्थाका अध्यक्ष किसान परियार निर्वाचित बन्नुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गरिएको थियो ।  उक्त अवसरमा असल कारोबारीका रुपमा रामप्रसाद तिवारी, ऋणतर्फ पविसरा पुन, कक्षा १२ उत्तिर्ण उत्कृष्ट छात्र, छात्रा क्रमशः करुण पौडेल र स्नेहा परियार, कर्मचारीतर्फ उत्कृष्ट व्यवस्थापक सुजाता सुवेदी, ज्येष्ठ नागरिकतर्फ चन्द्रबहादुर सुवेदी क्षेत्रीलाई सम्मान गरिएको थियो ।  

काठमाडौं:    कर्णाली यश्वीजले फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३–२ ले हराउँदै उपाधि जितेको हो। अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले हराएको थियो। अनुमान गरे जस्तै ललितपुरले उत्कृष्ट सुरूवात गर्यो। पहिलो सेटमा सुरूवात देखि नै अग्रता बनायो। १५–८ को अग्रता बनाएसँगै पहिलो सेटमा कर्णालीले अग्रता कुनैपनी समय गुमाउन परेन। सहजै २५–१७ ले पहिलो सेट जित्यो। दोस्रो सेटमा पनि ललितपुर विरूद्ध कर्णालीले दबाब बनायो। एक समय ९–१५ ले पछि परेको ललितपुरले खेललाई १८–२० सम्म पुर्यायो। तर यो सेट पनि २५–२० ले कर्णालीले जित्यो। खेलमा कर्णालीले २–० को स्पष्ट अग्रता बनायो। २–० पछि परेको कर्णालीलाई खेलमा फर्कन तेस्रो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप ललितपुरले सानदार प्रदर्शन गर्यो। ललितपुरले यो सेटमा भने सुरूवात देखि नै अग्रता बनायो। ललितपुरले २०–१० को अग्रता बनाउँदा कर्णालीले तालमेल नै मिलाउन सकेन। जहाँ २५–१२ ले तेस्रो सेट ललितपुरले जित्दै खेललाई २–१ को स्थितिमा पुर्यायो। ललितपुरले खेलमा फर्कने संकेत देखायो। चौथो सेटमा पनि ललितपुरले त्यही लयलाई निरन्तरता दियो। बिना दबाब चौथो सेट २५–१८ ले जित्यो। योसँगै खेल २र२ को बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो। पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बन्यो। ५–५ को बराबरीबाट ललितपुर ११–९ को अग्रता बनायो। तर यो अग्रता तोडियो खेल ११–११ मा पुग्यो। यसपछि कर्णालीले १३–१२ को अग्रता बनायो। लगतै कर्णालीले अर्को अंक जोड्दै १४–१२ को स्कोरमा जित नजिक पुग्यो। तर ललितपुरले च्याम्पियनसिप प्वाइन्ट दिएन र एक अंक जोड्दै खेललाई १४–१३ मा पुर्यायो। यसपछि भने कर्णालीले च्याम्पियनसिप प्वाइन्ट हात पार्यो र १५–१३ ले पाँचौ सेट जित्दै उपाधि जित्यो।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गर्नुभएको छ ।      नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले आज यहाँ आयोजना गरेको छलफलमा उहाँले  विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताउनुभयो ।  उहाँले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो ।      आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति  जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताउनुभयो ।   जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।       हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उहाँले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताउनुभयो । समस्यामा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै अध्यक्ष दाहालले अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेका बताउनुभयो ।   उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताका साथमा रहेर उनीहरूको हितका निम्ति आन्दोलनको नेतृत्व गर्नु पनि हो भन्नुभयो ।      जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएका, भूकम्पका बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयन,  सत्तापक्ष र विपक्षको आँखाले नहेरी राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी केन्द्रले काम गरिरहेको जनताले बुझेका बताउनुभयो ।       अन्तरराष्ट्रिय जगत्मा पनि आफ्नो पार्टीको गरिमा बढेको भन्दै उहाँले मुलुकको कूटनीति कुशलतापूर्वक सञ्चालन गरेको तथा त्यस क्रममा राष्ट्रसङ्घीय खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभा र जलवायु सम्मेलनमा सहभागी भएर पार्टी र देशको गौरव बढाएको बताउनुभयो । भारत र चीनसँगको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायमाझ  स्थापित भएको दाबी उहाँले गर्नुभयो ।    माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिङ्गो केन्द्रीय समिति अध्यक्ष दाहालको नेतृत्वमा एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो ।  उहाँले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।