पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो ।   श्रमदानसहित कूल रु एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेका प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिनुभयो ।   “विसं २०३९ मा खरको टहरामा सुरु गरिएको विद्यालय करिब करिब चार दशक कच्ची भवनमा सञ्चालन भएको थियो”, विद्यालयको स्थापनाकालदेखिनै त्यहाँ कार्यरत गौतमले भन्नुभयो, “चार दशक पुरानो भवन जीर्ण भएर पानी चुहिन थालेको थियो । भत्कने त्रास थियो ।”   जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रुपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताउनुभयो ।   तत्कालीन राष्ट्रिय पुन:निर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल रु ८६ लाख ९१ हजार छ सयको लागतमा दुईतले चार कोठे भवन निर्माण भएको थियो ।   निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई/दुई कोठे एकतले भवन निर्माण भएको हो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।   विद्यालयमा कम्प्युटर प्रयोगशाला पनि रहेको छ । संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले भवनको आइतबार उद्घाटन गर्नुभएको थियो ।   भवन उद्घाटन समारोहमा विद्यालयका संस्थापक गङ्गबहादुर पुन, देवीप्रसाद आचार्य, दलमान पुन, पुरुषोत्तम शर्मा र पतिराम सिउथानीको नाम उल्लेखित शिलालेखको पनि अनावरण गरिएको थियो । संस्थापक आचार्यलाई सम्मान समेत गरिएको छ ।   पुस्तकालय र चमेना गृहका लागि थप दुई कोठा आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो ।   “बस्तीमाथि खनिएको सडकबाट आउने बाढी खेलमैदानमा पसेर दुःख दिने गरेको छ”, उहाँले भन्नुभयो, “बाढी नियन्त्रण र कोठा थप गर्न गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकायमा प्रस्ताव गरेका छौँ ।”

सरकारको हुलाक सेवालाई पुन:संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।   सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताउनुभयो ।   उहाँले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताउनुभयो ।   कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिनुभयो ।   जिल्लाका बाँकी माछापुच्छे«, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उहाँले जानकारी दिनुभयो ।   हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय रहेका थिए । सरकारको नीतिअनुसार चारवटा इलाका हुलाक कार्यालयलाई पालिकामा रुपान्तरण गरेर बाँकी खारेज हुनेछन् ।   यसैगरी जिल्लामा यसअघि ३७ अतिरिक्त हुलाक कार्यालय रहेकामा चालु आवमा २२ छन् ।   पोखरा महानगरमा तीन काउन्टर सञ्चालनमा रहेको छ ।   अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशः खारेज हुनेछ ।   सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।

काभ्रेपलाञ्चोक:    कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन । गौतमबुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रुपमा परिचित यहाँको ऐतिहासिकस्थल नमोबुद्ध ।  ‘नमोबुद्धाय नम:’बाट नमोबुद्ध नामकरण भएको दस्तावेजमा उल्लेख गरिएका छन् । जिल्लाको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।  यो वर्ष उक्त मेला–जात्रा यही कात्तिक ३० गतेदेखि तीन दिनसम्म मनाइन्छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ ।  बर्सेनि लाग्ने मेलामा करिब एक लाखले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ ।  नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती बालिन्छ । “यहाँ बर्सेनि पितृलाई बत्ती बालिन्छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता रहेको छ”, लामाले भन्नुभयो ।  विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामा बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको किंवदन्ती छ । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।  “पाँच डमरु जन्माउने बघिनीलाई लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो, राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो”, लामागुरु लामा भन्नुहुन्छ, “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिनुहुन्छ ।”  संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ ।  उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति रहेको छ । नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय राकेश लामा बताउनुहुन्छ ।   उहाँका अनुसार मेलामा यस वर्ष पनि छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने गर्दछ ।  नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दिपंकर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीरअर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो ।  धेरैजसो बुद्धमार्गी पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ । उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता जन्तु पाइन्थ्यो । साथै, मयुर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा पाइने गरेकोमा हाल पाइन छाडेको लामा बताउनुहुन्छ । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै नमोबुद्ध पुग्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालनमा छ ।  केन्द्रीय राजधानी काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणी दूरीमा नमोबुद्ध पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेका छन् ।  ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर पनि रहेको छ । यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । 

झापा:    नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ ।      इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दायिरालाई हस्तान्तरण गर्नुभएको थियो ।      घर निर्माणमा रु पाँच लाख लागेको र सबै लागत तरुण दल भद्रपुरले व्यहोरेको तरुण दल भद्रपुर–५का सभापति इन्द्र नेपालले बताउनुभयो । घर बनेको पाँच धुर जग्गा भने श्रमिक दायराकै नाममा थियो ।      नगरप्रमुख गणेश पोखरेलले घरविहीन व्यक्तिको घर निर्माणमा तरुण दलले लिएको पहल कदमीको प्रशंसा गर्नुभयो । उहाँले जनसेवा र सामाजिक कार्यमा राजनीतिक दल तथा तिनको भ्रातृ सङ्गठन सक्रिय हुँदा जनतामा लोकतान्त्रिक व्यवस्थाप्रति भरोसा बढ्ने बताउनुभयो ।      नवनिर्मित घर प्राप्त गरेपछि दायिराले आर्थिक अभावले लामो समयदेखि घर बनाउन नसकेकोमा नयाँ घर पाउँदा खुसी लागेको बताउनुभयो ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर तीन रुपैयाँ ९४ पैसा र बिक्री दर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७४ पैसा र बिक्री दर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ४५ पैसा र बिक्री दर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्री दर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिद दर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्री दर चार सय ४१ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्री दर तीन सय ५८ रुपैयाँ ९१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।       राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा प¥यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो ।  कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा उहाँ दुविधामा पर्नुभयो । तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र रु’ बोलको गीतमा गायक श्रेष्ठको नजर प(यो ।       सोही गीत छनोट गरी गाउनुभयो । जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त ग¥यो । उक्त गीत हालसम्म पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ । श्रेष्ठ भन्नुहुन्छ, “ऊ बेला काँचै उमेरको थिएँ । विदेसिनु के हो थाहा थिएन । ख्यालख्यालैमा रोजेर गाएको गीत अहिलेसम्म सदावहार छ ।”       श्रेष्ठले कन्दरा ब्यान्डका हरेक गीतमा यस्तै कथा र व्यथा समेटिएको बताउनुभयो । नोस्टाल्जिक हुँदै उहाँले भन्नुभयो, “आफैँ विदेसिएपछि मात्रै यो गीतको मर्म महसुस गरेँ ।”      युवा विदेसिनुको घाउ दिनानुदिन चर्कँदै छ । यस गीतको लोकप्रियता युवा माझ कति थियो भन्ने कुरा गत शनिबार मात्रै ठमेलस्थित एलओडी क्लबमा कन्दरा व्यान्डको कन्र्सटमा झल्कियो ।  ३२ वर्ष पुरानो यो ब्यान्डको ओझले दर्शक तानिएकै थिए । जब ‘हङकङ पोखरा.. ’ गीत गायक विवेक श्रेष्ठले गाउनुभयो । त्यसपछि दर्शकको उत्साहको सीमा रहेन । ‘वान्समोर’सँगै विवेकले त्यही गीत दोहो¥याएर गाउन बाध्य हुनुभयो ।  ‘विदेसिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा जीउ त हैन ढुङ्गाको छपनी आउँला माया नमरे म पनि हङकङ पोखरा निर्माही आफ्नो को छ र ?’      गायक श्रेष्ठले युवाको मन छुने गीतमध्ये यो निकै रुचाईएको बताउनुभयो । विभिन्न कन्सर्टहरुमा प्रायः यही गीतको फर्माइस हुन्छ । विदेशमा होस् या स्वेदशमा, हङकङ पोखरा रोजाइमा पर्छ ।  “यो गीत मनपराउनुको खासियत प्रष्ट छ”, श्रेष्ठ भन्नुहुन्छ, “दिनप्रति दिन युवाहरु पलायन हुने क्रम बढ्दो छ । यो गीतमा आफ्नै कथा पाउँछन् । त्यसैले रुचाइएको हुनुपर्छ ।” हङकङ पोखराले समाजको जीवन्तता समेटे जस्तै कन्दरा ब्यान्डको इतिहास पनि रचेको छ ।       सन् १९९० को प्रारम्भमा पोखरामा स्थापित कन्दरा ब्यान्डले निरन्तर पप र आधुनिक गीत सङ्गीतको फ्युजनमार्फत युवा माझ बेग्लै छाप छोड्न सफल भएको छ । वर्ष गाँठको अवसरमा ब्यान्डले पहिलो पटक काठमाडौंमा कन्र्सट गरेको गायक श्रेष्ठले बताउनुभयो ।  “कन्दराका यस्ता अरु गीत पनि छन्, जुन सधैँ ताजा र जवान छन्”, उहाँले भन्नुभयो, “नेपाली माटोका सुगन्ध समेटिएका गीत भएकाले स्रोताले हामीलाई अझै उत्तिकै माया गरिरहेका छन् ।” यिनै कथा व्यथाको उत्सव मनाउन यति बेला कन्दरा व्याण्डले ३२ वर्षपछि वार्षिक उत्सव मनाएको श्रेष्ठले बताउनुभयो ।       कन्दराका गायक विवेक श्रेष्ठसहित गितारमा देव लामा, बेसिस्टमा पंकज झा, ड्रमरमा सुनिल थापा, मादलमा अविनाश गायक र किबोर्डमा नील घतानी मञ्चमा प्रस्तुत भएका थिए । कन्दराले ‘तगारोमा रुमाल राखी बाटो छेकिन उनले’, ‘तिमी परी’, ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘हङकङ पोखरा’ जस्ता चर्चित गीत प्रस्तुत गरेको थियो ।       आफ्ना गीतसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेर लगायतका पाका पुस्ताका गीतसमेत प्रस्तुत गरेको थियो । वार्षिक उत्सव मनाउने क्रममा कन्दराले विश्वव्यापी अभियान स्वरुप “पहिले घर देश, अनि परदेश” साङ्गीतिक यात्रा सुरु गर्न लागेको हो । यो अभियान नेपाली सङ्गीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गर्ने उद्देश्य रहेको गायक श्रेष्ठले बताउनुभयो ।       उहाँका अनुसार नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछन् ।

पोखरा:   मर्दी हिमाल आरोहणका क्रममा एक जना गाइडको मृत्यु भएको छ ।   कास्कीको माछापूच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा नेपाली गाइडको मृत्यु भएको वडाध्यक्ष हरी बहादुर क्षेत्री (राजेन्द्र) ले सुनगाभा न्यूजसँग बताए ।  ‘काठमाडौंको सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकसहित ५ जना आएका रहेका छन्, वडाध्यक्ष क्षेत्रीले भने, ‘आरोहणको क्रममा मुख्य गाइड ६२ वर्षीय​ लालबहादुर तामाङको लडेर मृत्यु भएको अपुष्ट जानकारी पाएका छौं, सँगै गएका गोराले भरिया प्रेस्टिज बुर्लाकोटीलाई भनेपछि हामीले थाहा पाएका हौं थप बुझ्दै छौं ।’ वडाध्यक्ष क्षेत्रीका अनुसार मर्दी आरोहणको लागि कात्तिक २३ गते हाई क्यापबाट गएका नर्वेका एक नागरिकसहित गएका ४ नेपाली मध्ये मुख्य गाइड तामाङको आज लडेर मृत्यु भएको बताए ।  मर्दी हिमाल आरोहणको क्रममा गाईडको लडेर मृत्यु भएपछि शव निकाल्नका लागि कम्पन्नीसँग सम्पर्क भइरहेको उनले बताए ।  मर्दी हिमाल आरोहणका लागि गएका विदेशी नागरिकसहितको टोली अहिले हाइक्यापमा फर्किएको छ ।   हाइक्याप पुग्न पोखराबाट २ दिन लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए । 

काठमाडौं:     नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको छ ।       नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले संविधान संशोधन गर्दा सत्ता गठबन्धनले प्रतिनिधित्वको विषयलाई कमजोर बनाउन लागेको भनेर विपक्षी दलहरूले हल्ला चलाएको र त्यो सत्य नभएको स्पष्ट पार्नुभयो ।       कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दलितलगायत पछाडी परेका समुदायको हितका लागि कांग्रेसले सधैँ आवाज उठाएको र समावेशी समानुपातिक प्रतिनिधित्व त्यसैको उपज भएको धारणा राख्नुभयो ।  उहाँले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वको सरकारले दलित समुदायको हकअधिकारको कुरा उठान गर्न दलित आयोगलगायत व्यवस्थाका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो ।       “कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै दलितहरूको प्रतिनिधित्वको सवालमा महत्वपूर्ण काम गरेको छ । पार्टीभित्र र राज्यका निकायमा पनि दलितको समान सहभागिता र सशक्तीकरणका लागि आवश्यक बन्दोबस्त गरेको छ । त्यसलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ”, उपसभापति खड्काले भन्नुभयो, “पछिल्लो परिवर्तनपछि नेपालको संविधानमा धेरै व्यवस्थाहरू गरिएका छन् । त्यसलाई थप बलियो र व्यवस्थित गर्नुपर्छ भनेर वर्तमान गठबन्धन सरकारले संविधान संशोधनको कुरा गरिरहेको छ । समानुपातिक मात्रै होइन, अब प्रत्यक्ष निर्वाचनमै दलितको नेतृत्व विकासलाई सुनिश्चितता गर्दै अगाडि बढ्नुपर्छ ।”      कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संविधानमा भएको सबै जातजातिको प्रतिनिधित्वको व्यवस्थालाई थप व्यवस्थित बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले हाल भएको व्यवस्थाले देशभर सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित गरे पनि त्यसलाई थप समृद्ध बनाएर जानुपर्नेमा जोड दिनुभयो ।       “संविधानले गरेको व्यवस्थाअनुसार सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यो उपलब्धिमा टेकेर थप समृद्ध र व्यवस्थित व्यवस्थाका लागि हामीले जोडबल गछौँ । अहिलेको व्यवस्थालाई थप कमजोर बनाउने कुरा हामीले सोच्नै सक्दैनौँ”, महामन्त्री थापाले भन्नुभयो, “हामी यसलाई थप व्यवस्थित बनाउन चाहन्छौँ । अहिले जहाँ बाध्यकारी भनिएको छ, त्यहाँ मात्रै प्रतिनिधित्वको कुरा गर्ने र बाध्यकारी नभनिएको कुरा पालना नगर्ने प्रवृत्ति छ । त्यसैले संविधान संशोधन गर्दा प्रतिनिधित्वलाई बाध्यकारी बनाउने व्यवस्थाका लागि पार्टीले पहल गर्छ । यसमा दलित सङ्घले सबैसँग छलफल गरेर आफ्नो मत प्रस्तुत गर्न र दबाब बढाउन आवश्यक छ ।”      महामन्त्री थापाले ११ वर्षभन्दा लामो समयदेखि सङ्घको निर्वाचन हुन नसक्दा राम्रो सन्देश नगएको उल्लेख गर्दै अब तोकिएको समय आगामी चैतभित्र महाधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभयो ।       पार्टीका सहमहामन्त्री जीवन परियारले अन्य पार्टीको तुलनामा अहिले पनि कांग्रेसमा पहुँच, प्रतिनिधित्व र सम्मानमा कुनै समस्या नरहेको तर यसले मात्रै परिवर्तित अवस्थाका माग तथा मुद्दालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । उहाँले पार्टीले हरेक तहका चुनावमा दलितहरूलाई प्रत्यक्ष निर्वाचनका लागि तयार गर्नुपर्ने र सोही अनुसार टिकट दिनुपर्ने बताउनुभयो ।       “कांग्रेसको जीवनकालमा हालसम्म मलगायत तीन जनाले मात्रै चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने अवसर पायौँ । पछिल्लो निर्वाचनमा म आफैँ निर्णायक तहमा रहेर पनि सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार उठाउन सकिएन । यो राम्रो भएन । त्यसैले अब पार्टीभित्र पनि प्रतिनिधित्वको मुद्दालाई थप बलियो बनाउँदै लैजानुपर्छ”, सहमहामन्त्री परियारको भनाइ थियो ।       पार्टी प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसले नै ‘कदमजम’ अर्थात् कर्णाली, दलित, मधेशी, जनजाति र महिला अधिकारको कुरा उठाएको र सोही नीतिअनुसार संवैधानिक व्यवस्था गरिएको जिकिर गर्नुभयो ।  उहाँले भन्नुभयो, “कांग्रेस नै हो कदमजमको कुरा गर्ने, पछि सोहीअनुसारको व्यवस्था संविधानमा पनि ग¥यौँ । त्यसैले संविधानमा भएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई थप बलियो बनाउँदै लैजानुपर्नेमा हामी प्रस्ट छौँ । तर प्रतिपक्षीहरूले संविधान संशोधन गर्दा यो व्यवस्था विरोधी काम गर्छन् कि भनेर अफवाह फैलाएको सुन्छु, भ्रममा नपर्नुहोला । समानुपातिक प्रतिनिधित्वलाई बलियो बनाउने हो, अहिलेको भन्दा राम्रो व्यवस्था गर्ने हो तर विधिका बारेमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्छौँ ।”      कार्यक्रममा दलित सङ्घका संस्थापक सभापति मानबहादुर विश्वकर्मा र पूर्वअध्यक्ष मीन विश्वकर्माले कांग्रेसले १३ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको दलित समुदायको भावनाविपरीत कुनै काम नगर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।  उहाँहरूले आफ्नो पार्टीसहितको सरकारले आमदलित समुदायको हितमा काम गर्ने अवस्था बनाउन, संविधान संशोधनको कुरा उठिरहँदा आफ्ना माग सशक्तरूपमा राख्न सङ्घले समयमै महाधिवेशन सम्पन्न गरी रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।       सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माले पार्टीले विश्वास गरेर आफ्नो नेतृत्वमा समिति गठन गरेकामा आभार व्यक्त गर्दै समयमै महाधिवेशन सम्पन्न गर्न आफू दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।       कार्यक्रममा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य  एवं वन तथा वातावरण राज्यमन्त्री रुपा विक, पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सीता गुरुङ, केन्द्रीय सदस्यद्वय सुजाता परियार र  कमल बुढा, नेपाल महिला सङ्घका सभापति उषाकुमारी राउत मिश्र, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महते, शम्भुहजारा पासवानलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।       विगत ११ वर्षदेखि सङ्घको नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । आगामी चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित विश्वकर्माको सभापतित्वमा दुई सय ४० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । आज सोही समितिका अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो 

कालीकोट:     कालीकोटको् पलाता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।       जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र  गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया रहेका छन् ।        यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र  रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत तथा पलाता–५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ ।       घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशीक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।  पलाता गाउँपालिका–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको  कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।