काठमाडौंः विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१६ को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा एकरएक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोएसिया ३–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।
पोखराः क्रोएसियाले टाइब्रेकरमा जापानलाई ३-१ ले हराउँदै क्वाटरफाइलनमा प्रवेश गरेको छ । गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो । सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए । मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे । हाम्रो खेलकुद
पाेखरा: गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए। अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका युवा तथा खेलकुदमन्त्री पनि हुन्।
पोखराः सत्ता गठबन्धनमा रहेका राजनीतिकदलहरुले सयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा असहयोग र असमझदारीको घटना देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री निवासमा चुनावी समिक्षा बैठक बस्दै निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गरेपनि केही निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीको घटना देखिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनमा दौरानमा देखिएको असहयोग र असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिने उल्लेख गरिएको छ ।
पोखराः प्याब्सन कास्कीको आयोजनामा भोलिदेखि ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने १७ औं प्याब्सन स्पोर्ट्स मिटको सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) प्याब्सन कास्कीले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्ट्स मिटमा कक्षा १ देखि १० सम्मका छात्र, छात्रा सिनियर, जुनियर फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स आयोजना गरेको १७ औं प्याब्सन स्पोर्ट्स मिटका संयोजक उमा लामिछानेले बताए । उनका अनुसार कक्षा ११ र १२ का छात्र, छात्राबिच भलिबल, बास्केटबल र एथेलेटिक्समा प्रतिस्पर्धा हुनेछ । १७ औं स्पोर्ट्स मिटमा फुटबलमा बर्चस्व प्याब्सन कास्कीले आयोजना गरेको विविध प्रतियोगिता मध्ये सिनियर देखि जुनियरसम्म फुटबलमा सबैभन्दा बढी विद्यालयमा सहभागिता जनाएका छन् । कक्षा १ देखि १० सम्मे सिनियर फुटबलमा ६९ विद्यालय, जुनियर तर्फ ५६ विद्यालयले सहभागिता रहेको छ । यस्तै भलिबल तर्फ छात्र तर्फ १८ विद्यालय र छात्रा तर्फ १९ विद्यालयले सहभागिता हुनेछन् । टेबलटेनिसतर्फ तर्फ सिंगलतर्फ छात्र ४१, छात्रा १९ र डवलतर्फ छात्र ३९, छात्रा १६ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । एथेलेटिक्स तर्फ छात्र ६५ र छात्रा तर्फ ५३ विद्यालयले सहभागिता रहेको छ । यस्तै कक्षा ११ र १२ को भलिबल छात्र तर्फ १६ र छात्रा तर्फ ८ विद्यालय र बास्केटबल तर्फ छात्रतर्फ १७ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता रहेको छ । १७ औं प्याब्सन स्पोर्टस मिट सफल बनाउन सबै संग आग्रह गर्दै प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले प्रतियोगितामा करिव ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए । प्रतियोगिताको औपचारिक उद्घाटन पुष २५ देखि सुरु हुने भएपनि सिनियर तथा जुनियर तर्फको फुटबल प्रतियोगिताहरु हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदिप वोर्डिङ स्कुलको खेल मैदान, नेपाल आदर्श स्कूलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा सञ्चालन हुनेछ । १७ औं प्याब्सन स्पोर्ट्स मिटमा ९० बढी निजि विद्यालयका ७ हजार बढी विद्यार्थीहरुले विभिन्न विधाका प्रतियोगिताहरुमा प्रतिपस्र्धा गर्नेछन् भने ११ हजार बढी अभिभावक तथा दर्शकले प्रतियोगिता अवलोकन गर्ने प्याब्सनले जनाएको छ । प्याब्सनले २ वर्ष कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको जनाएको छ ।
पोखरा: पोखरामा जारी २२ औं संस्करणको ‘समृद्धि स्टिल्स्’ राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएको रोटेपिङबाट खस्दा अस्मिता लिम्बु गम्भीर घाइते भएकी छिन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा रोटेपिङको एउटा डिब्बा अनियन्त्रित भई खस्दा २२ वर्षीय अस्मिता लिम्बु गम्भीर घाइते भएकी हुन् । आइतबार साँझ रोटेपिङबाट खस्दा २२ वर्षीय लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । ‘रोटेपिङ खेल्ने क्रममा ३ जना खसेको जानकारी पाएका छौं, उनले भने, ‘रोटेपिङबाट खसेका ३ जनामध्ये अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी २ जना भने सामान्य घाइते भएका थिए ।’ कास्की प्रहरीका अनुसार गम्भीर घाइते भएकी लिम्बुको टाउकोमा चोट लागेको छ । टिकटक बनाउने क्रममा रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुँदा तीनैजना खसेको बताइएको छ ।
पोखरा: पोखरामा लागूऔषधसहित प्रकाउ परेका किसन अधिकारीलाई १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको छ । जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्वामा १० दिन को म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा वडा नं.३० पावरहाउस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा वडा नं.१० अमरसिंह चोक बस्दैँ आएका किसन अधिकारीलाई लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार अधिकारीको साथबाट डाईजापाम ५० एम्पुल, फेनेरागल ५० एम्पुल र नुर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागूऔषध र १ थान मोबाइल फेला परेको थियो ।
काठमाडौंः रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन्। निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको घरमा बसेर बैठक गर्ने गरेको आरोप लागेको छ। रास्वपाका जिल्ला कोषाध्यक्ष एवं मकवानपुर प्रतिनिधि सभा १ का उम्मेदवार टाकाराम थापा (सुरे), मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला लगायतका ४७ जनाले सामूहिक राजीनामा दिएका हुन्।सभापतिबाट नै पार्टी प्रतिष्ठा बच्न नसकेको, आगामी दिनहरुमा पार्टी संगठन मजबुद हुन नसक्ने भन्दै उनीहरुले हस्ताक्षर सहित न्यौपानेलाई कार्बाही गर्न माग गर्दै राजीनामा दिएका हुन्।
पोखराः पोखरा महानगरपालिका ८ जाल्फारोडस्थित पद्य नर्सिङ कलेजमा पढाई रोकिएको ३ महिनापछि पढाई सुचारु भएको छ । चौतर्फीदबाव र आन्दोलनपछि बसेको पद्म नर्सिङ अस्पताल, नदिपुर र नर्सिङ क्याम्पसको बैठकले कर्मचारीको तलब दिने सहमतिसँगै पठनपाठन सुचारु भएको हो । विभिन्न विषयमा सहमति भएपछि पढाई सुरु भएको अस्पतालका व्यवस्थापक नरेश पौडेलले जानकारी दिए । उनका अनुसार कलेजमा कार्यरत कर्मचारीहरुले २० महिनादेखि तलब नपाएको भन्दै विद्यार्थी कलेज गएपनि शिक्षक नआउँदा भदौं देखि कक्षा सञ्चालन हुन सकेको थिएन । पद्य नर्सिङ कलेजमा कार्यरत शिक्षक, कर्मचारीहरुले २० महिनादेखि रोकिएको तलब पाए मात्र पढाउन सुरु गर्ने अडानसहित प्रशासन, श्रम कार्यालय र सिटिभीटिमा निवेदन दिएका थिए । कलेजमा नियमित पढाई नभएपछि नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुुले बुधबार कलेज प्रशासन अगाडी विद्यार्थीसहित पढाई सुरु गर्न दबाब दिएको थियो । पिसिएल तेस्रो वर्षको अन्तिम परीक्षाको फारम भरेका विद्यार्थीहरु भदौ देखि नियमित पढाई नहुँदा आफुहरु चिन्तित भएको एक विद्यार्थीले बताएका थिए । कलेजमा कार्यरत एक कर्मचारीका अनुसार समयमा नै तलब नपाउँदा घरभाडा तिर्न देखि बालबच्चाको विद्यालयमा शुल्क तिर्नसमेत समस्या भएको सुनाएका थिए ।

