पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

काठमाडौं:     आज शहीद दिवस ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी मनाइन्छ । विसं २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । अहिले बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी हुँदैछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपाससम्मिलित टोलीले लैनचौर पुगेर ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ ।  यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि आज कार्यक्रम हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्ने तयारी छ । २०६३ सालअघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । तर, त्यो सञ्चालनमा आउन सकेको छैन । शहीदको स्पष्ट परिभाषा नगरि पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।  

धनकुटाः    गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ। शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिनुभएको हो।  रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेका उपचारमा खर्च गर्ने जानकारी दिनुभयो। गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ।  घाइतेको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो। घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिनुभयो। 

पोखरा:   गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले प्रदेशको पवक्ताको जिम्मेवारी पाएका छन् ।  माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्री समेत रहेका गाहामगरलाई प्रवक्ता बनाउने निर्णय गरेको हो ।  यसअघि सरकारका प्रवक्तामा मुख्यमन्त्री खगराज अधिकारीले आफु नियुक्त भएकै दिन माघ २५ गते आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासलार्य प्रवक्ता तोकेका थिए ।  

बागलुङ:   बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरमा कक्षा १ देखि १२ सम्म अध्ययनरत १३६ जना विद्यार्थीको आँखा जाँच गरिएको छ ।  आँखा परीक्षण गरिएका विद्यार्थीमध्ये ११ जनामा कम देख्ने, टाढा र नजिकको नदेख्ने समस्या पहिचान भएको नेत्र सहायक गणेश महतोले जानकारी दिनुभयो । उनीहरुलाई समस्याअनुसार चश्मा तथा औषधी प्रयोग गर्न सुझाइएको छ ।  विद्यार्थीको उज्यालो भविष्यका लागि शिविर आयोजना गरेको प्रेस सेन्टर बागलुङका अध्यक्ष थामन थापाले बताउनुभयो । सो अवसरमा माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्युवरण गर्नुभएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ‘पत्रकार त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषण गरिएको छ ।  पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा हालको केन्द्रीय सदस्य र प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष हुनुन्थ्यो । हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पुरस्कार घोषण गरिएको सेन्टरले जनाएको छ ।    

काठमाडौं:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सिकाइ उपलब्धीको अवस्था कमजोर रहेको बताएका छन्।  शिक्षा पत्रकार सञ्जाल (इजोन)को अधिवेशन उद्घाटन गर्दै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षाको सिकाइ उपलब्धीको अवस्था कमजोर रहेको बताएका हुन्।  शिक्षा मन्त्री खनालले भने, ‘विद्यार्थीहरूले कक्षा त चढेका छन् तर सिकाइसहित चढेका छैनन्। तल्ला कक्षालाई वास्ता नगरी एसईईलाई मात्र जोड दिँदा तल्ला कक्षाका विद्यार्थीको अवस्था नाजुक छ।’  विद्यालय तहमा सिकाइ कमजोर भएकाले उच्च शिक्षामा पनि त्यसको प्रभाव देखिन थालेको भन्दै शिक्षा मन्त्री खनालले शिक्षा सुधारका लागि आफू लागिरहेको बताए।  खनालले संघीय शिक्षा ऐन अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए। शिक्षा मन्त्री खनालले अहिले पनि शिक्षकले चार महिनासम्म तलब नपाउने अवस्था रहेको भन्दै त्यसलाई अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताए। शिक्षा पत्रकार सञ्जालको अधिवेशनबाट रविचन्द्र पराजुली अध्यक्षमा निर्वाचित भएका छन्।  उपाध्यक्षमा सूर्यप्रसाद पाण्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी, कोषाध्यक्षमा मञ्जिमा ढकाल चयन भएका छन्।  यस्तै, सदस्यहरूमा रुपेश आचार्य, अर्जुन पोखरेल, दीपक अर्याल, नुनुता राई, सुनिता लोहनी र दिनेश गौतम रहेका छन्। सञ्जालका अध्यक्ष प्रकृति अधिकारीको अध्यक्षतामा अधिवेशन भएको हो। 

काठमाडौं:  अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि अनन्तराज थापालाई राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।  नेपालले भारतसँग फेब्रुअरी १३ र २५ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ। थापा घरेलु फुटबलमा विभागीय टिम नेपाल पुलिसका प्रशिक्षक रहँदै आएका छन्।  एन्फाले सहायक प्रशिक्षकमा गंगा गुरुङलाई नियुक्त गरेको छ भने सुरुज कुमार लामाले गोलकिपर प्रशिक्षकको जिम्मेवारी पाएका छन्। यस्तै राष्ट्रिय टिमको व्यवस्थापक विन्द्रा देवान नियुक्त भएकी छन्।

काठमाडौं : सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा अडिएको छ।   सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेको छ। यसदिन २६७ कम्पनीको  ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड  ७० लाख ६३ हजार ९५६ रूपैयाँमा खरिदबिक्री भयो।   ५१ हजार ९७३ पटक कारोबार भयो।   दोहोरो अंकको करेक्सन आएको सेयर बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।   कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३९२ रुपैयाँको सेयर कारोबार भयो।   यस्तै, ९ करोड २१ लाख बढिको सेयर कारोबार गरी हिमालयन ऊर्जा विकास कम्पनी दोस्रोमा र ७ करोड १३ लाख मूल्यको सेयर किनबेच गरी एनआईसी एसिया बैंक तेस्रो स्थानमा रह्यो।   कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो।   होटल्स एन्ड टुरिजमको ०.२० र लाइफ इन्स्योरेन्सको सूचक ०.३४ प्रतिशतले घटेको हो।

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।  आइतवार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको बताउनुभयो । उहाँले लुम्बिनीजस्तो पवित्रस्थलको काम इमान्दारिताका साथ गर्न निर्देश गर्नुभयो ।  मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब योजनाअनुसारको काम चाहिने उहाँले बताउनुभयो । नेपालको संविधान कानूनअनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनामा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।  लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डरअनुसार सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन मन्त्री किराँतीले निर्देशन दिनुभयो । गौतमबुद्धको जन्मथलो लुम्बिनी मागी खाने भाँडो नभएर बौद्ध धर्मावलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताउनुभयो ।  मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभयो । उहाँले नेपालले गौरवका साथ विश्वमा गौतमबुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन, लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दैछु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतमबुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिएँ ।” “लुम्बिनीमा गाई ल्याएर चराइन्छ रे, त्यहाँ गाईको गोबर मात्रै छ भन्छन्” गौतमबुद्धका विषयमा बाहिर गलत प्रचार भइरहेको उहाँले बताउनुभयो । लुम्बिनीको विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन भएन ? उहाँले जिज्ञासा गर्नुभयो ।  उहाँले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने पनि बताउनुभयो । कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीबाट क्यालेण्डरअनुसार कामको परिणाम चाहेको बताउनुभयो । मन्त्री किराँतीले कर्मचारीहरुलाई जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न निर्देश गर्नुभयो ।  देशको हीतविपरित हुने क्रियाकलाप नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो । सरकारले नीतिमा कहाँ सहयोग गर्नुपर्ने हो सुझाव दिन उहाँले आग्रह गर्नुभयो । सरकारको तर्फबाट आफू सहयोग गर्न तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजनाभन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो । उहाँले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताउनुभयो । सचिव अधिकारीले बजेटको कमी, बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताउनुभयो । 

काठमाडौं:  काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह नै फेला पारेको हो।  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार लामो अनुसन्धानबाट नक्कली मदिरा उत्पादन र कालोबजारी गर्ने समूहमा संलग्न गिरोह फेला परेको हो।  नेपाल प्रहरीको अपराध अनुसन्धानको विशेष टोलीले माघ १३ गते ललितपुर महानगरपालिका– १ कुपण्डोलमा निरज उप्रेतीले सञ्चालन गरेको नेक्स टेस्ट लिक्वयर स्टोरमा खानतलासी गरेपछि  नक्कली खुकुरी रम फेला परेको हो । अनुसन्धान गर्दै जाँदा  प्रहरीले यसमा संलग्न अन्य गिरोह फेला पारेको हो।  अपराध अनुसन्धानको विशेष टोलीले माघ १४ गते शनिबार ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथलीका विभिन्न स्थानमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराको नाम लिएर नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, रक्सीका खाली बोतल, राजस्व अन्त शुल्कको स्टिकर तथा लेवलिङ एवम् प्याकेजिङ गर्ने मेसिन बरामद गरेको छ।  अनुसन्धानका क्रममा प्रहरीले काठमाडौं मित्रनगरमा धर्मी गौडेलेले सञ्चालन गरेको एसटी लिक्वायर स्टोरमा खानतलासी गरेर गुणस्तरहीन खुकुरी रम, रुस्लान भोड्का ब्राण्डका मदिरासमेत बेचबिखनमा राखेको खुलासा गरेको छ।  नक्कली मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न स्टोरका सञ्चालक धर्मी गौडेलसहित निरज उप्रेती र गणेश बहादुर रानामगरलाई पक्राउ गरेर विशेष अनुसन्धान टोलीले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ। नक्कली मदिरा उत्पादन र बेचबिखनमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।  प्रहरीका अनुसार नक्कली मदिरा बनाउने र कालोबजारी कसुरमा पक्राउ परेका आरोपितमाथि प्रहरी परिसर काठमाडौंले यसअघिसमेत कालो बजार, सामाजिक अपराध तथा सजाय ऐन कसुरमा मुद्दा दर्ता गरेको खुलेको छ। यसअघि २०७९ भदौ ८ गते कालोबजारी कसुरमा मुद्दा दर्ता भएको खुलेको हो।  प्रहरीले उनीहरूको साथबाट ठूलो परिणाममा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा र खाली बोतल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।  ब्राण्डेडको नक्कली उत्पादन र बोतल  प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एपल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान् भोड्का १३२ बोतल बरामद गरेको जानकारी गराएको छ ।  त्यसैगरी प्रहरीले नक्कली मदिरा प्रयोग गर्न राखिएका स्वदेश तथा विदेशी ब्राण्डका खाली बोतलसमेत ठूलो परिणाममा बरामद गरेको छ । खुकुरी रमका ३९३, डबल ब्लयाकका १५, रेड लेबलका ५ थान, ज्याक ड्यानियल ६५ थान, सिग्नेचर ग्रिन ६७ थान, रुस्लान ५८ थान, सिग्नेचर रेड ३५ थान, गोल्डेन ओके ३३२ थान, वल्ड दरबार २३ थान, ८८४८ भोड्का ६ थान र आइकनिक भोड्काका ६० थान बोतल बरामद गरेको हो । नक्कली मदिरासँगै नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, कच्चा पदार्थ र उपकरण बरामद प्रहरीले बरामद गरेको छ ।