काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

वासिङ्टन अमेरिका, चैत २७ गते । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनुभएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । “सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटकभन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुनसक्छ। के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छरु“ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको ¥यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गर्नुभयो । ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाउनुभएको छ । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याउनुभयो । मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेशलाई भन्नुभएको थियो  उहाँ अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनुहुने थियो। यस महिनाको शुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबैभन्दा अगाडि भएको देखाएको थियो । –रासस–एएनआई–स्पुतनिक

एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनीविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त भएका हुन्। पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन्। राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानुनलाई पुनः स्थापित गर्न चाहेको बताए। पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो।

२५ चैत (रासस/सिन्ह्वा): रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ । बिहीबार रुसी विदेशमन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । संयुक्त राष्ट्रसंघीय महासभाले बिहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषदको सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो । त्यसैले सो प्रस्ताव पारित हुनु अगावै रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्याग गरेको घोषणा बिहीबार गरेको बताइएको छ ।

भियना, २४ चैत (रासस/एएफपी) : अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।  उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो ।  अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार देश छाड्न आदेश दिइएका व्यक्तिहरू मध्ये तीन जना भियना स्थित रुसी दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।  अर्का एक जना भने पश्चिमी सहर साल्जबर्गमा रहेको कन्सुलेट जनरलमा कार्यरत कूटनीतिज्ञ रहेका छन् ।  उनीहरूलाई यही अप्रिल १२ सम्ममा अष्ट्रिया छोडिसक्नु पर्ने आदेश दिइएको विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । युरोपेली देशहरूबाट गत सोमबारसम्ममा झण्डै २०० रुसी कुटनीतिज्ञहरूलाई देश निकाला गरि सकिएको छ ।