लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् ।   असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो ।   त...

काठमाडौं:     कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो । तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गर्‍यो । अहिले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको एमालेका एक प्रदेशसभा सदस्यले बताए । अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । धारा १६८ को उपधारा ५ मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ९२० बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’ यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको स्थायित्वका लागि सबै एक भएर अगाडि बढ्नु अहिलेको अवश्यकता भएको उनले बताए ।  मध्यावधि जनताको चाहना नभएको भन्दै उनले यसलाई रोक्न आफ्नो दल जस्तो सुकै त्याग गर्न तयार रहेको बताए । कार्कीले अघि भने, ‘एमालेले ककस्तो त्याग गर्दा तत्काल निर्वाचन रोकिन्छ, त्यसका लागि एमाले तयार छ ।’

पोखरा:   एमाले गण्डकी प्रदेश कमिटी चयनका लागि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको छ ।   निर्वाचन समितिका अनुसार पोखरा सभागृहमा साँझ ५ बजेसम्म मतदान हुनेछ ।   अधिवेशनमा नवराज शर्मा र मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार छन् ।   मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिएसँगै मैदानमा छन् ।    उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।     उनीहरुका लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट चुनिएका ९ सय ७ प्रतिनिधिले मतदान गर्नेछन् ।  

गण्डकी: नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।    मतदान अवधि बिहान ११ः५५ बजेदेखि साँझ ५ः३० बजेसम्मलाई तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो । प्रदेश किमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा हुनुहुन्छ ।    शर्मा प्रदेश एमाले गण्डकीका हालका अध्यक्षसमेत हुनुहुन्छ । यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिनुभएको छ ।     प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन हुनेछ  । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका छन् । रासस

काठमाडौं:  बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठेको छ ।   मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धवलशमशेर जबराले जातीय सद्भाव भड्काउने भन्दै उक्त विषय उठान गरे ।   उनले दुई समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम राख्ने गरी कदम चाल्न सरकारसँग अनुरोध गरेका छन् ।   “बाँकेको नेपालगञ्ज सहरमा दुई समुदायमा झडप भएर कर्फ्यु लागेको छ । सरकारलाई अनुरोध छ, हिंसाको घटनाहरु कन्ट्रोल ल्याउनुपर्‍यो,” उनले भने, “यो सबैको जड मोबाइलको जड हो । साइबर क्राइमलाई तुरुन्तै एक्सनमा ल्याएर ठाउँको ठाउँमा दोषीहरुलाई कारबाही गर्नुपर्छ ।”    उनले सद्भावको सहर नेपालगञ्जमा धार्मिक सद्भाव कायम राख्न स्थानीयलाई पनि अनुरोध गरे ।

मुस्ताङ:  मुस्ताङको मुक्तिनाथ क्षेत्रमा नेपाली सेनाले प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र तथा दर्शनार्थीमैत्री विश्रामस्थल सञ्चालनमा ल्याएको छ ।    नेपाली सेनाद्वारा विनियोजित बजेट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङ्गबाट ८ लाख र नेपाली सेनाको श्रमदान बापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा लागतमा निर्मित भौतिक संरचना मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।   उक्त भवन मुक्तिनाथ मन्दिर प्रवेशद्वार नजिकै करिब १ रोपनी सार्वजनिक जग्गामा करिब ६ महिना लगाएर सम्पन्न गरेको हो ।    नेपाली सेनाद्वारा निर्मित दशनार्थीमैत्री पूर्वाधारको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी दिपक कुमार बाँनियाले गरे ।   सो अवसरमा बोल्दै पश्चिम पृतनापती उपरथी बाँनियाले निर्मित संरचनामा प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र (२ वटा मेडिकल बेड), व्यवस्थित शौचालय र दशनार्थीमैत्री विश्रम कक्ष (२३ वटा फलामे बेञ्च) रहेको बताए ।   उनले नेपाली सेनाको शीघ्र प्रवाही योजना अन्तरगत नेपाली सेना २३ नं. बाहिनी, पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिको श्रमलानबाट सरोकारवाला निकायहरुको सहकार्यमा निर्माण गरिएको बताए ।   पृतनापती बाँनियाले नागरिक र सैनिकबीचको सम्बन्धलाई सुदृढ गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको सुनाए ।    अब उक्त भौतिक संरचनाको रेखदेख, व्यवस्थापन, प्रर्वद्धन र संरक्षणमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिम्मा लिएको छ ।   मुस्ताङको प्रमुख जिल्ला अधिकारी मुक्तिनाथ विकास समितिको अध्यक्ष हुने प्रावधान छ । सोही अनुरुप अहिले मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज पन्त रहेका छन् ।   उनले समिति र स्थानीय तहको समन्वयमा स्वास्थ्य परिक्षण केन्द्रमा २ जना स्वास्थ्यकर्मी (अनमी) करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए ।   पूर्वाधार हस्तान्तरण कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपलिकाकी उपाध्यक्ष डिकी गुरुङले उक्त पूर्वाधारले दशनार्थीलाई ठुलो सहयोग पुग्ने बताइन् ।   सो अवसरमा सेनाको २३ नं. बाहिनी पतिले विशेष सहयोग पू¥याउने अधिकृत तथा सहयोगी गैर सैनिक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने नेपाली सेनाले दशनार्थीका लागि निशूल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।  

काठमाण्डौ:पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाण्डौ महानगरपालिकाले वडा ३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।     कामपाले हिजो गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको काठमाण्डौ महानगर कृषि तथा पशुपक्षी  विभागका प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।     प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर भएको र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो ।    जरिबाना रकम आउँदो एक हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र जरिबाना रकम नबुझाए त्यही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले दाबी गरेको छ ।    अनुगमन टोलीले यो कम्पनीलाई बजारमा लगिएका सामग्री फिर्ता लैजाने व्यवस्था गर्न, ब्याकिङपछि रसायनिक, भौतिक दुवैतर्फ गुणस्तर कायम गर्न, एकपटक बजार लगिएका सामग्री पुनःउत्पादन भए पुनःपरीक्षण गरी निर्देशन दिएको छ ।     चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइ राख्नका लागि तीन करोड ५० लाख रुपैयाँ रहेको छ ।     बजारलाई थप व्यवस्थित गर्न कामपाले गएको साउन महिनाभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतमा वर्षहरूमा कामपाले चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडबाड शुरु हुनु केही महिना अघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।       उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपमेयरकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ ।