उपल्लो मुस्ताङको लोवाथाङमा ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ हुने

मुस्ताङ | साउन २३, २०७९

उपल्लो मुस्ताङको लोवाथाङमा ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ हुने

 

मुस्ताङ । गत महिनामात्रै गल्फको सफल परिक्षण भएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोवाथाङस्थित गल्फ कोर्षमा पहिलो संस्करणको ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ प्रतियोगिता हुने भएको छ ।

 

गल्फ कोर्षको निर्माणमा जुटेका गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका गल्फर इन्द्रधारा विष्टले आगामी भदौं ११ गते गल्फ प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा कुल २८ गल्फरको सहभागिता रहनेछ ।  उनले उक्त प्रतियोगिताका लागि  ४ जना महिला गल्फरले समेत प्रतिस्पर्धा गर्ने बताए । विष्टका अनुसार स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने छ ।

 

प्रतियोगिता हुन लागेको गल्फ कोर्ष ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको प्रदेश सांसद विष्टले जानकारी दिए । उनका अनुसार नेपालमा कुल ९ वटा गल्फ कोर्ष सञ्चालनमा रहेका छन् ।

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्