फिर्के पुलमा टिप्पर चालकलाई कुटेकाे भिडियाे भाइरल भएपछि मिन बहादुर पक्राउ

काठमाडाैं | बैशाख १३, २०७९

फिर्के पुलमा टिप्पर चालकलाई कुटेकाे भिडियाे भाइरल भएपछि मिन बहादुर पक्राउ

 

पोखरा:  सवारी दुर्घटना पश्चात चालकलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

 

पोखरा महानगरपालिका १९ का ४३ वर्षिय मिन बहादुर मगरलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए ।

 

उनका अनुसार मगरले गत १० गते जिल्ला कास्की पोखरा महानगरपालिका ५ फिर्के पुलस्थित पोखरा बाग्लुङ सडक खण्डमा टिप्पर चालक बारा जिल्लाका नवराज कार्कीलाई कुटेका थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोमा मिनबहादुरले चालकलाई निर्घाट कुटपिट गरेको प्रष्ट देखिन्छ ।

 

कुटाई खाएका टिप्पर चालककले आफुलाई बचाउन हारगुहार गर्दै भन्छन्, ‘दाई त्यसरी नहान्नु न । मलाई बचाउनुस न ।’ भन्दै विलौना गरेका छन् । त्यही समयमा कुटेका मिनबहादुरले छिटो उठा भन्दै हातपात गरिरहन्छन् । टिप्पर चालक आफैले नै बनाईदिने भन्दै नकुट्न आग्रह समेत गरिरहेको भाइरल भिडियोमा देखिन्छ ।

 

मिनबहादुरको मोटरसाइकल र टिप्पर एक आपसमा ठक्कर खाएपछि उक्त घटना भएको डिएसपी तिवारीले बताए । ‘भिडियो भाइरल नहुदै हामीले त्यतिखेरै नियन्त्रणमा लिएका हौ, डिएपसी तिवारीले भने, ‘म्याद पनि थपेर अनुसन्धान भैरहेको छ ।’

 

तिवारीका अनुसार पक्राउ परेका मगरलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

काठमाडौं:    वेष्ट इण्डिज ए ले दोस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी–२० सिरिज १/१ को बराबरीको अवस्थामा पुगेको छ । १६१ रनको लक्ष्य पछ्याए...

थप पढ्नुहोस्

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी ...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताउनुभएको छ ।   आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लग...

थप पढ्नुहोस्