चुनाव लड्न २० जना शिक्षकले जागिर छाडे

काठमाडाैं | बैशाख ९, २०७९

चुनाव लड्न २० जना शिक्षकले जागिर छाडे

ओखलढुङ्गा, वैशाख ९ गते । बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । 

 

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै २० जना शिक्षकले जागिरबाट राजीनामा दिनुभएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनुभयो ।

 

देवी आधारभूत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे माध्यमिक विद्यालय पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योति माध्यमिक विद्यालय चित्रेका शिक्षक मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्वीकृत भएको एकाइ प्रमुख गजुरलले जानकारी दिनुभयो । 

 

यस्तै हिमगंगा माध्यमिक विद्यालय रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभूत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभूत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजिनामा स्वीकृत भएको छ । 

 

सोडान्तर आधारभूत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभूत विद्यालयका शिक्षक तोयानाथ काफले, चन्चला आधारभूत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शिक्षक शङ्खवीर राईले राजीनामा दिनुभएको शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाले जनाएको छ । 

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषका लागि सहयोग हस्तान्तरण गरेको छ ।    बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सल्लाहकार परिषद् गठन गरेको छ ।   गत सालको चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रि...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका– १० अमरसिंहचोक स्थित एक बिजुली पसलको गोदाममा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षति भएको छ ।  पोखरा महानगर–१४ चाउथे बस्ने ४९ वर्षीय धुव्र मरासिनीले स...

थप पढ्नुहोस्