एमाले डडेल्धुराको अध्यक्षमा शाही चयन

डडेल्धुरा | चैत ७, २०८०

एमाले डडेल्धुराको अध्यक्षमा शाही चयन

डडेल्धुरा:  नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौं अधिवेशनबाट शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटिसमेत सर्वसम्मत रुपमा चयन गरिएको हो । 

 

जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव (महिला) मा इन्द्रिरा ताम्राकार, उपसचिव (खुल्ला) मा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिनुभयो । उहाँका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन् ।

 

उनले कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका थिए । त्यसपछि उहाँ जिल्ला सचिव हुँदै २०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र २०६३ मा जिल्ला अध्यक्ष बनेका थिए ।

 

युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उहाँले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हलेका थिए । उहाँ २०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए । संक्रमण कालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्मालेका शाही यसअघि भने जिल्ला संयोजकको रूपमा थिए ।
 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्