नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

काठमाडाैं | जेठ ९, २०८०

नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने तस्बिर फाइल

काठमाडौं:   नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटमा पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्ने भएको छ ।


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप छनोटको समूह विभाजन र खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।


प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ । नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


यदी समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले भने सिधैं विश्वकपमा स्थान बनाएका छन् ।


यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअप खेल्नेछ । फाइनल भने असार २४ (जुलाई ९) मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले भने प्रतियोगिताको लागि २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।


नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । हालसम्म वेस्टइन्डिज र स्कटल्यान्डले प्रतियोगिताको लागि अन्तिम टोली घोषणा गरेका छन् ।

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्