फ्लो फ्लो कपः रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमिफाइनलमा प्रवेश

पाेखरा | फागुन १९, २०७९

फ्लो फ्लो कपः रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमिफाइनलमा प्रवेश

पोखरा:    प्रथम फ्लो फ्लो कपमा रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमिफाइनलमा प्रवेश गरेका छन ।

 

गन्नी एफसी फु्टवल क्लबको आयोेजनामा पोखराको माछापोखरी खेलमैदानमा जारी प्रथम फ्लो फ्लो कपमा शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलबाट रत्नचोक, गन्नी एफसी ब्लु, रत्नसमाज र प्रोफिट एफसी सेमी फाइनलमा प्रवेश गरेका हुन । 

शुक्रबार सम्पन्न पहिलो खेलमा रत्नचोक र केआईइसी बुन एफसी बिचको खेलमा निर्धारित समयमा कुनै गोल हुन नसक्दा टाईब्रेकरमा ३–२ गोल अन्तरले रत्नचोकले केआईइसीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो ।


त्यसैगरी दोश्रो खेलमा गन्नी एफसी ब्लुले रामघाटलाई १–० गोल अन्तरले पराजित ग¥यो ।  खेलमा गन्नीका विश्व थापाले निर्णायक गोल गरे । ।तेश्रो खेलमा रत्नसमाजले कमलपोखरीलाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा रत्न समाजका बिनय तामाङले निर्णायक गोल गर्न सफल भए । शुक्रबार सम्पन्न अन्तिम खेलमा प्रोफिट एफसीले गन्नी एफसी रातोलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश ग¥यो । प्रोफिटका सोवित भण्डारीले २ र मनिल गुरुङले १ गोल गरे । 


प्रतियोगिताको  विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजार र गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५–५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ ।
 

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्