नेप्से परिसूचक सामान्य अङ्कको वृद्वि

काठमाडाैं | माघ १०, २०७९

नेप्से परिसूचक सामान्य अङ्कको वृद्वि

काठमाडौं:  साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । मङ्गलबार नेप्से परिसूचक ८.१४ अङ्क बढेर २१७३.२४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५३ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.५० अङ्कले बढेको छ  ।


आज कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख ३० हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिव चार करोडको शेयर खरिदबिक्री भएको थियो ।


१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २।५१ अङ्क बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अङ्क घटेको छ ।


नेप्से परिसूचक सामान्य अङ्कले बढेसँगै सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।


यता, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.४८ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमकोे करिब १३ करोडको शेयर कारोबार भएको छ ।

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्