नदीपुरमा भलिबल जारी, अर्चलबोट, लामाचौर, तनहुँ र एसियन सुज अन्तिम चारमा

पाेखरा | भदौ २४, २०७९

नदीपुरमा भलिबल जारी, अर्चलबोट, लामाचौर, तनहुँ र एसियन सुज अन्तिम चारमा


पोखरा:    पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय महिला भलिबलको अन्तिम चारमा अर्चलबोट क्लब, लामाचौर पुन समाज, हैदागा तनहुँ र एसियन सुज प्रवेश गरको छ ।

 

छन्त्याल समाजको खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा अर्चलबोटले ठाडाखानीलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको मुख्य रेफ्री राम पुनले जानकारी दिए ।

 

उनका अुनसार अर्काे खेलमा एसियन सुजले गुरुकुल स्कुललाई २५–४  र २५–१० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्याै ।  शान्ता भलिबल प्रशिक्षण केन्द्रको अनुपस्थितिमा हैदागा तनहुँ वाकओभरमार्फत जीत्दै सेमिफाइनलको यात्रा तय गर्याे ।

 

शनिबार पहिलो सेमिफाइनल खेल हैदागा तनहुँ र एसियन सुजबीच हुनेछ भने अर्काे सेमिफाइनल खेल अर्चलबोट र लामाचौबीच हुने कार्यक्रम संयोजक मजोज खड्काले बताए । 

 

उनका अनुसार आज भएको पुरुषतर्फको पहिलो खेलमा माछापुच्छ्रै गाउँपालिकालाई जिएम समाज कावासोतीले २५–१३ र  २५–१६ को सोझो सेटमा पराजित गर्याे ।

 

त्यसैगरि अर्काे खेलमा सशत्र प्रहरी बल मालेपाटनले आयोजक निलोलाई २८–२६ र २५ १८ को सोझो सेटमा हरायो ।

 

अन्तिम खेलमा छन्त्याल युवा क्लबलाई गलकोट क्लबले २८–२६, २५–१५ र २५–१५ को सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अुनसार शनिबार महिला तर्फको सेमिफाइनल खेल र पुरुष तर्फका २ प्रिक्वाटरखेलसँगै सेमिफाइनल खेल सञ्चालन गरिनेछ  ।

 

महिला तथा पुरुषको फाइनल खेल आइतबार सम्पन्न गरिने आयोजकले जनाएको छ ।
 

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । उनले आफ्नो दल नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । यसअगाडि नै मन्त्री भइसकेका स...

थप पढ्नुहोस्

काठमाडौं:   अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै प्रश्न उठ्न थालेपछि त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिनुभएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:      वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पु¥याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघ...

थप पढ्नुहोस्