दुर्गम चेपाङ बस्तीमा झोलुङ्गे पुल

मकवानपुर | भदौ २४, २०७९

दुर्गम चेपाङ बस्तीमा झोलुङ्गे पुल

 


मकवानपुर । मकवानपुरको चेपाङ बस्ती रहेको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा रु ४६ लाख १८ हजारको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

 

     राक्सिराङ–७ स्थित स्थानीय शङ्कर खोलामा एक सय १४ः३० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ । नेपाल सरकारको झोलुङ्गे पुल निर्माण क्षेत्रगत कार्यक्रमअन्तर्गत सो पुल निर्माण भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो ।  


  
    बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा तथा गाउँपालिका अध्यक्ष मल्लले संयुक्तरुपमा आज सो पुलको उद्घाटन गर्नुभएको हो । पुल निर्माण भएपछि राक्सिराङ–७ का दुई सय ५० घरधुरीका करिब दुई हजार जनसङ्ख्या लाभान्वित भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । विसं २०७८ वैशाखमा सो पुल निर्माण सुरु भएको थियो । 

 

    सो अवसरमा राज्यमन्त्री प्रजाले चेपाङ समुदायको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोग पु¥याउनुपर्ने आग्रह गर्नुभयो । 

काठमाडौं:    गृह मन्त्रालयले नेपाल प्रहरीका चार  एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।  शुक्रवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएस...

थप पढ्नुहोस्

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्