निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्छ : मन्त्री पाण्डे

पाेखरा | असोज ९, २०८१

निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्छ : मन्त्री पाण्डे

पोखरा:    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।

    
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित बधाई ज्ञापन तथा स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पूँजीको विकास गर्न सके मात्र देशमा रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो । 


“सरकारले उद्योगी व्यवसायीलाई सुरक्षितरुपमा लगानी गर्ने वातावरण सिर्जना गर्ने हो, व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छ”, उहाँले भन्नुभयो ।

    
व्यवसायीलाई उद्योगतर्फ आकर्षित गर्न सरकारले विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योग व्यवसाय फस्टाएका देशहरुले आर्थिक प्रगति गरेको उदाहरण दिँदै नेपालमा पनि स्वदेशी तथा विदेशी लगानी भित्राउन सके समृद्धि हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने बताउनुभयो । देशको अर्थतन्त्रलाई चलायमान, भ्रष्टाचार मुक्त र सुशासन स्थापना गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । 

    
सम्भावना नै सम्भावना भएको देश नेपालमा स्वदेशी मात्र होइन विदेशी लगानीकर्ता भित्र्याएर नेपाली जनतालाई समृद्धिको बाटोतर्फ अगाडि बढाउने चाहना वर्तमान सरकारको रहेको मन्त्री पाण्डेले बताउनुभयो । 


पर्यटकीय राजधानी पोखरामा पर्यटनको सम्भावना अत्यधिक भएकाले पर्यटन नीति बनाएर यहाँ पर्यटनमैत्री  वातावरण सिर्जना गर्ने उद्देश्य सरकारको रहेको उहाँको भनाइ थियो । पोखराबाट नै पर्यटकलाई गर्ने सत्कार देशभरि सिकाउने वातावरण सिर्जना गर्न पोखरेली पर्यटन व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो । 

    
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपाली आकास सुरक्षित छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताउनुभयो । 

    
सो अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको समग्र आर्थिक विकासका बारेमा जानकारी गराउनुभएको थियो ।  

गण्डकी:    विश्व पर्यटन दिवस–२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना गरेको ‘अनलाइन’ तस्बिर प्रतियोगितामा सिराहाका सुशीलकुमार श्रेष्ठ प्रथम हुनुभए...

थप पढ्नुहोस्

काठमाडौं:    चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।  आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध...

थप पढ्नुहोस्

तनहुँ:    दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ ।  आज बिहान १ः४५ बजे गएको पहिराका कारण ...

थप पढ्नुहोस्