एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

कञ्चनपुर | चैत ६, २०८०

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

कञ्चनपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।


यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । 


निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । 


त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिनुभयो । सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उहाँले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गर्नुभयो । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गर्नुभएको थियो । 
 

पोखरा:     अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा र पारिजातको ८७ औं जन्मजयन्ती मनाएको छ। अने...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिनुभएको छ । उहाँले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक...

थप पढ्नुहोस्

काठमाडौ:    मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। &l...

थप पढ्नुहोस्