बालकृष्ण खाणलाई रिहा गर्ने कि नगर्ने भन्नेबारे मंसिर २८ गते सुनुवाइ हुने

काठमाडाैं | मंसिर २१, २०८०

बालकृष्ण खाणलाई रिहा गर्ने कि नगर्ने भन्नेबारे मंसिर २८ गते सुनुवाइ हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा उच्च अदालत पाटनमा मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।

 

उच्च अदालत पाटनका अनुसार २८ गते एकल इजलासमा पेसी तोकिने भएको हो । यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

 

दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो । त्यस दिन गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजालासले खाण थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने विषयमा आदेश दिनेछ । गएको शुक्रवार उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चार जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो।

काठमाडौ:     सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुनको नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ ।  मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक व...

थप पढ्नुहोस्

काठमाडौं:     सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको...

थप पढ्नुहोस्

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।   संघीय संसद् भवन नयाँबानेश्वरमा आज बस...

थप पढ्नुहोस्