घटना शंकास्पद देखिएपछि जलाउन लागेको युवतीको शव प्रहरीको नियन्त्रणमा

सर्लाही | असोज ११, २०८०

घटना शंकास्पद देखिएपछि जलाउन लागेको युवतीको शव प्रहरीको नियन्त्रणमा

सर्लाहीमा जलाउन तयारी अवस्थामा रहेको एक विवाहित युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

 

रामनगर गाउँपालिका-१ की २२ वर्षीय मनिषा शाहको शव प्रहरीले नियन्त्रणमा लिएको हो। घटना शंकास्पद भएको भन्दै प्रहरीलाई गोप्य सुचना प्राप्त भएपछि बुधबार साँझ घाटमै पुगेर शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारूले जानकारी दिए।

 

परिवारले आत्महत्या गरेको भनेपनि कानुनी प्रक्रिया पुरा नगरी शव जलाउन लागेको सुचना प्राप्त भएपछि नियन्त्रणमा लिएका हौं,ु डिएसपी पंजियार थारूले भने, माइतीपक्षले भने हत्या भएको दावी गरेका छन्।


पोस्टमार्टमका लागि युवतीको शव प्रादेशिक अस्पतालमा मलंगवा लगिएको छ। साथै अनुसन्धानका लागि उनका श्रीमान सुनिल शाह, ससुरा रामेश्वर शाह र देवर रामबहादुरलाई नियन्त्रणमा लिएको डिएसपी पंजियार थारूले बताए।

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् ।  पोखरा १७ र २१ भित्र तय गरिएको रुट...

थप पढ्नुहोस्

पोखरा:     पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २२६ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।&nbs...

थप पढ्नुहोस्

पोखरा:    बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको एक कार्यक्रमका बीच आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो ...

थप पढ्नुहोस्