एक्सनमा पोखरा महानगर: रंगशाला गेटदेखि चल्यो डोजर (तस्बिरसहित)
पाेखरा | असार २५, २०८०

पोखरा: पोखरा महानगरपालिका मापडण्ड विपरितका संरचना हटाउने भन्दै एक्सनमा उत्रिएको छ ।
महानगरको सूचना पश्चातपनि अटेरी गरेका पृथ्वी राजमार्ग अन्तर्गत पोखरा रंगशाला गेट अगाडिदेखि विजयपुर खोलासम्म (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको हो ।
भिडियाे:
पोखरा महानगरपालिकाले दुइवटा डोजरको प्रयोगमा आज (सोमबार) देखि मापडण्ड विपरितका ति संरचना हटाउन सुरु गरेको महानगरका प्रमुख धनराज आचार्यले बताए ।
उनका अनुसार एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको थियो । यद्यपी उनीहरुले ति संरचना नहटाएपछि एक्सनमा उत्रिनुपरेको बताए ।
उनका अनुसार स्थायी–अस्थायी गरी ६० भन्दा बढी संरचनामा डोजर चल्नेछ । यद्यपी कहिलेसम्म सकिन्छ भन्नेबारे ऐकिन छैन ।
‘आजबाट संरचना हटाउन सुरु गरेका छौ, गर्दै जाउँ कति दिन लाग्छ,’ मेयर आचार्यले भने ।
उनले बाटोका लागि एडीबीको टिम पर्सि आउने बताउदै भने, ‘त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ ।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तारको तनहुँ तिरबाट हुदै आएको छ भने पोखरातिरबाट पनि सुरु गरिएको मेयर आचार्यले सुनाए ।
उनका अनुसार उक्त सडक गरेर ४ लेनको बन्नेछ ।
तस्बिरहरू:
काठमाडौं: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने ...
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा र...
केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ । ...