छात्रवृत्ति नदिने विद्यालयको अनुमति रद्द गर्ने महानगरको चेतावनी

काठमाडाैं | जेठ २३, २०८०

छात्रवृत्ति नदिने विद्यालयको अनुमति रद्द गर्ने महानगरको चेतावनी

बाँके:  बाँकेका प्लाइउड उद्योगबाट उत्पादित प्लाइउड भारत निर्यात हुने क्रम बढ्न थालेको छ । 

 

शिखर प्लाइउड हुँदै पछिल्लो समय जानकी गाउँपालिकाको इन्द्रपुरमा रहेको मिडलाज ग्रुपले समेत प्लाइउड भारत निर्यात गर्न थालेको छ । मिडलाजसहित बाँकेका तीन वटा उद्योगले प्लाइउड भारत निर्यात गरिरहेका छन् ।

 

मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले पहिलो पटक झन्डै १० लाख रुपैयाँ बराबरको प्लाइउड भारतको प्रयागराज पठाइएको जानकारी दिनुभयो छ । पहिलो पटक सामान भारत पुगेयता प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहराइच, नानपारालगायतका सहरहरूबाट व्यवसायीहरू आफैँ नेपाली प्लाइउड खरिदका लागि पुग्ने गरेका छन् ।

 

भारतीय व्यापारीहरूको रोजाइमा उत्तिस जातको रुखबाट तयार पारिएको प्लाइउड, ढोका पर्न थालेको मियाको भनाइ छ । झन्डै ५० जना कर्मचारी कार्यरत रहेका मिडलाजले वार्षिक २० करोड रुपैयाँभन्दा धेरैको प्लाइउड उत्पादन गर्दै आएको छ । 

 

उद्योगको मासिक उत्पादन सात हजार पाँच सय थान प्लाइउड रहेको छ । भारतीयहरू नेपाली उत्पादन खोजी–खोजी आउनुमा उत्पादनको गुणस्तरता पनि रहेको मियाले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्