पोखरा फुलबारीका शर्मा दुई कुलाको नहरमा मृत भेटिए

पाेखरा | जेठ २३, २०८०

पोखरा फुलबारीका शर्मा दुई कुलाको नहरमा मृत भेटिए

पोखरा:  पोखरा महानगरपालिकाको चाउँथे नजिकै नहरमा एक पुरुष मृत भेटिएका छन् ।

 

कास्की प्रहरीका अनुसार हिजो (सोमबार) दुइ कुलाकाे मुहानमा मृत भेटिएका पुरुष पोखरा महानगरपालिका ११ फुलबारीका ५० वर्षीय ऋषिराम शर्मा रहेको पुष्टि भएको हो ।

 

शर्मा सोमबार बिहानदेखि परिवारको सम्पर्कबाट बाहिर रहेका थिए । 

 

मृत भेटिएका शर्माको आत्महत्या वा हत्या हो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

 

शर्मा विगत २७ वर्षदेखि पद्म नर्सिङ होम प्रालिमा कार्यरत थिए । 

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्