पोखरामा खुल्ला कायाकिङ प्रतियोगिताको तयारी तीव्र

पाेखरा | जेठ ५, २०८०

पोखरामा खुल्ला कायाकिङ प्रतियोगिताको तयारी तीव्र

पोखरा:   प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरामा खुल्ला कायाकिङ प्रतियोगिताको तयारी तीव्र पारिएको छ । 

 

प्रदेश खेलकुद सदस्य तथा सहाशिक खेलकुद संयोजक बसन्तराज दवाडीका अनुसार प्रतियोगितामा ३० जना प्रतियोगिले सहभागिता जनाउने छन् । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।


प्रतियोगिता संयोजक दवाडीले  ‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ ।


 

काठमाडौं:    नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण,...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा गण्डकी प्रदेशस्तरीइ तीन दिने खेल पत्रकारिता तालिम सम्पन्न भएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत १७  देखि सुरु गरेको तालिम आज (शुक्रबार) सकिएको हो ।   ...

थप पढ्नुहोस्

काठमाडौं:  सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ ।    बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।...

थप पढ्नुहोस्