रायमाझी बिरामी भएको पत्र संघीय संसद सचिवालयमा
काठमाडाैं | बैशाख २७, २०८०

काठमाडौं: भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी संघीय संसद् सचिवालयको सम्पर्कमा आएका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद् रायमाझीले स्वास्थ्यमा समस्या भएर अस्पतालमा रहेको जानकारी गराएका हुन् ।
उनका अनुसार प्रहरीको फरार सूची रहनुभएका रायमाझीले बिरामी बिदा स्वीकृति गरिदिन निवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् ।
रायमाझीविरुद्ध प्रहरीले अघिल्लो बुधबार पक्राउ पूर्जी जारी गरेको थियो। त्यसपछि रायमाझी फरार छन् । नेकपा (एमाले) सचिवसमेत रहेका रायमाझीलाई बुधबार एमालेले निलम्बन गरेको छ।
कैलाली: कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण द...
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण,...
पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरीइ तीन दिने खेल पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत १७ देखि सुरु गरेको तालिम आज (शुक्रबार) सकिएको हो । ...