सामुदायिक सेवा केन्द्र वगरको अन्नपूर्णमा सचेतना कार्यक्रम
पाेखरा | चैत ३, २०७९

पोखरा: सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लैगिंक तथा घरेलु हिंसा सम्बन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण गाँउ पालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले सहजिकरण गरेका थिए ।
प्रक्षिकण कार्यक्रममा लैगिंक हिंसाको परिचय, लैगिंक हिंसा सम्वन्धमा नयाँ मुलुकी एनेमा भएका व्यवस्थाहरु र घरेलु हिंसा सम्वन्धमा नयाँ मुलुकी ऐनमा भएका व्यवस्था र सो सम्वन्धमा घटेका घटनाका वारेमा उजुरी कहाँ र कहिले गर्ने भन्ने वारेमा जानकारी गराइएको थियो ।
गाँउ गाँउमा पुगेर लैगिंक तथा घरेलु हिंसाका वारेमामा सचेतना जगाउने उद्देश्यले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले यस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्येष्ठ नागरिक टिकाराम पौडेलले यस्ता खालका कार्यक्रमले गाउमा सचेतना जगाउन मद्दत मिल्ने बताए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कमल प्रसाद बास्तोला, सामाजिक वातवरणीय आम समूहकी अध्यक्ष राधिका पौडेलले बोलेका थिए ।
काठमाडौं: आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । ...
पोखरा: पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बार...
पोखरा: प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ । पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी प...