पितृ शोकमै मतदान गर्न राजधानी पुगे सांसद बराल

पाेखरा | चैत ३, २०७९

पितृ शोकमै मतदान गर्न राजधानी पुगे सांसद बराल

पोखरा:  गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल पितृ शोकमै उपराष्ट्रपति निर्वाचनका सहभागि हुन राजधानी पुगेका छन् ।

 

सांसद बराल आफ्नो काकाको साथमा मतदान गर्न बुद्ध एयरमार्फत आज (शुक्रबार) काठमाडौं पुगेका हुन् ।

 

उनी मतदान गर्नासाथ पोखरा फर्किनेछन् । उनले पार्टीको निर्देशन र व्यवस्था प्रति सम्मान जनाउन प्रतिकुल समयमा पनि मतदानमा सहभागि हुन पुगेको बताए । उनले मतदानमा सहभागी  भइसकेको बताउदै पोखरा फर्किने तयारीमा रहेको जानकारी दिए । 

 

सांसद बरालका अनुसार उनको पिता लोकराज शर्मा बरालको ८३ वर्षको उमेरमा ८ दिन अघि निधन भएको थियो ।

 

सांसद बरालले नेपाली कांग्रेसबाट कास्की निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचन जितेका हुन् ।

काठमाडौँ:   वैशाख १२ को विनाशकारी भूकम्पको आज ९ वर्ष पूरा भएको छ ।   २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन् ।    पोखरा लेकसाइडमा चारतारे होटलको रुप...

थप पढ्नुहोस्

पोखरा:    ‘सीप सिकौं, दक्ष बनौं’ भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ ।    एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर ताल...

थप पढ्नुहोस्