नेपालमा फेरि भेटिए कोरोना संक्रमित, ६ जना होम आइसोलेशनमा

पाेखरा | चैत २, २०७९

नेपालमा फेरि भेटिए कोरोना संक्रमित, ६ जना होम आइसोलेशनमा

सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना संक्रमित भेटिएका छन् । 

 

प्रदेशको स्वास्थ्य निर्देशनालय, दिपायलले सुनगाभा न्यूजलाई दिएको जानकारी अनुसार बुधबार ६ जनामा संक्रमण देखिएको हो । कञ्चनपुरको गौरिफन्टास्थित त्रीनगर नाकामा गरिएको एन्टीजेन परीक्षणमा भारतबाट प्रवेश गर्ने क्रममा ६ जना नेपालीमा कोरोना संक्रमण पाइएको छ । 

 

निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले टेलिफोनमा दिएको जानकारी अनुसार संक्रमित ६ मध्ये तीनजना कैलाली, १ बझाङ्, १ कञ्चनपुर र १ कालिकोटका रहेका छन् । 
 

 

संक्रमितलाई काउन्सिलिङ्पछि घरमै सुरक्षित बस्न भनिएको छ । ‘नेपाल–भारत नाकाको त्रीनगर पोस्टमा संक्रमित भेटिएका हुन्’ जोशीले भने ‘काउन्सिलिङ्पछि होम आइसोलेशनमा बस्न भनेका छौं ।’

 

जोशीले जनाएअनुसार एक साता अघि पनि ४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।  
 

 

संक्रमितहरु भारतमा काम गरी नेपाल फर्किएका हुन् । 
 

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्