गोरखामा मिनी ट्रकको ठक्करबाट २ जनाको मृत्यु
गोरखा | फागुन ३०, २०७९

गोरखा: गोरखामा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा आरुघाट गाउँपालिका १० गोरखाका मिनी ट्रकका चालक ४० वर्षिय उमेश श्रेष्ठ र मोटरसाइकलमा सवार दोलखाका ३२ वर्षिय विष्णु खड्का रहेका छन् ।
प्रहरीका अनुसार हिजो (सोमबार) दिउँसो करिब १ बजे गोरखा नगरपालिका ६ बिसौना मोडमा गोरखा बजार आउदै गरेको प्र.३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आएको बा ८६ प १७८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ट्रक र मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेको थियो ।
‘
ट्रकको ओभरस्पिड देखिएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर सडक किनारमा रहेको सर्वसाधारणलाई पनि लतारेर लगेको देखिन्छ ।' घटनामा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने ।
उनले सो दुर्घटनामा परी ६ जना घाइते भएको जानकारी दिए । हाल घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सो घटनबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ ।
काठमाडौं: आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । ...
पोखरा: पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बार...
पोखरा: प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ । पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी प...