नेपालमा विद्युतीय गाडीको ४ नयाँ ह्याचब्याक आउँदै

काठमाडाैं | माघ १२, २०७९

नेपालमा विद्युतीय गाडीको ४ नयाँ ह्याचब्याक आउँदै

अबकाे ३ महिनाभित्र विद्युतीय गाडी उत्पादनकाे एसयूभी सेग्मेन्टमा महिन्द्रा, टोयोटा, टाटा, एमजी लगायत ब्राण्डले नयाँ मोडल नेपाल ल्याउने भएका छन् । तर, ती आउने अधिकांश मोडलमा १०० किलोवाट माथिको इलेक्ट्रीक मोटर जडान भएको कारण मूल्य महंगो पर्न जान्छ । त्यसैले धेरै ईभी चाहनेहरु साना ह्याचव्याक कारको खोजीमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

 

ह्याचव्याक सेग्मेन्टमा अहिले टाटा टियागो ईभी, बीवाइडी डल्फीन, एमजी फोर र सिट्रोन सीथ्री नेपाल ल्याउने तयारी सुरु भइसकेका मोडल हुन् । यी चार मोडलमा डिजाइन, रेन्ज, साइज र पर्फमेन्समा निकै ठूलो भिन्नता पाउन सकिन्छ ।

 

आधुनिक टेक्नोलोजी प्रयोग भएका सबै ईभीहरु कम्पनीको दावी मान्ने हो भने ३०० प्लस किलोमिटर रेन्ज दिने क्षमताका छन् भने सबै गाडीको संचालन खर्च २ रुपैयाँ प्रतिकिलोमिटर भन्दा कम छ । त्यसैले ईभी किन्ने मानिसको चाहना नेपालमा धेरै भएको मान्न सकिन्छ ।

 

टाटा टियागो ईभी

टाटाले नेक्सन म्याक्स ईभी र पन्च माइक्रो एसयूभीको विक्री सुरु गरेपछि मात्रै टियागो ईभी नेपाल ल्याउने जनाएको छ । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङका अनुसार टियागो सन् २०२३ को दोस्रो क्वाटरसम्ममा नेपाल आउने छ ।

 

 

अहिले पनि धेरै मानिसले चढिरहेको टियागो कम्बस्चनमा भएका धेरै फिचर समावेस भएको कारण यो धेरैको लागि फ्यामिलियर कार हो । टियागो दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । यसको लङ रेन्ज मोडलमा २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

 

सामान्य घरायसी विजुलीदेखि डीसी फास्ट चार्जर सपोर्ट गर्ने टियागो ईभीले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर रेन्ज दिन्छ । यसको स्टायडर्ड भेरियन्टमा भने १९.२ किलोवाटआवरको ब्याट्री छ ।

 

टाटा टियागोमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ ब्रेकहर्स पावर हो । साथै, १७० न्यूटन मिटरको टर्क यसमा पाउन सकिन्छ । टियागो ईभीमा सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोड पाउन सकिन्छ । यसमा ४ लेभलको रिजेनेरेसन ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

 

एमजी फोर

एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रीक क्रसओभर एमजी फोर नेपाल ल्याउने तयारी थालेको छ । यूरो एनक्याप क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एमजी फोर निकै सुरक्षीत र प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको कार हो ।

 

 

एमजीले नयाँ क्रसओभर मोडललाई अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सन र तीन मोटर अप्सनमा ल्याएको छ । यसमा १२५ किलोवाट, १५० किलोवाट र ३१५ किलोवाटको मोटर रहेको छ । तर, नेपालमा कुन मोटरमा उपलब्ध हुन्छ भन्ने अहिल्यै एकिन भएको छैन ।

 

यसमा ५१ किलोवाट आवर र ६४ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । सानो ब्याट्री प्रयोग भएको भर्सनले सिंगल चार्जमा ३५० किलोमिटर र ठूलो ब्याट्री भएको लङ रेन्ज मोडलले ४५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

 

एमजीको नयाँ ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चर’मा तयार भएको यो कार रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । निकै पातलो साइजको ब्याट्री प्रयोग भएको कारले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८ सेकेन्ड लगाउँछ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघन्टा रहेको छ । सन् २०२३ को मध्यसम्ममा एमजी फोर नेपालमा विक्री सुरु हुनेछ ।

 

डल्फीन

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले डल्फीन ह्याचव्याक नेपाल ल्याउने छ । मोर्डन डिजाइन, उत्कृष्ट रेन्ज र आकर्षक मूल्यमा आउने डल्फीन सुरक्षा र आरामदायीताको लागि परिचित कार हो ।

 

 

बीवाइडीको ३.० प्लेटफर्म र एलएफपी ब्लेड ब्याट्रीको साथमा आउने ह्याचव्याक कारमा निकै लामो २७०० एमएमको ह्वीलवेस पाउन सकिन्छ । डल्फीनमा १६ र १७ इन्चको अलोय ह्वील दिइएको छ ।

 

डल्फीनमा फ्ल्याटवटम मल्टी फङ्गशनल स्टेरिङ ह्वील, ५ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको फ्लोटीङ सेन्ट्रल कन्ट्रोल स्कृन, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडि पनि आमरेष्ट रहेको छ ।

 

सुरक्षाको लागि अब्बल बनाउन फ्रन्ट पार्किङ राडार, सिट बेल्ट वार्निङ लाइट, टायर प्रेसर मोनिटर जस्ता आधुनिक फिचर पाउन सकिन्छ । कम्पनीले यसमा इनर्जी सेभिङ, स्नो, स्पोर्टस् र कम्फर्ट मोड दिइएको छ ।

 

निकै आकर्षक र लग्जरी फिचरले भरिपूर्ण डल्फीन ह्याचव्याकमा फ्रन्ट ह्वीलमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । कम्पनीले यसमा दुई मोटर अप्सन दिएको छ । एउटा ७० किलोवाट पावर र १८० एनएम टर्क प्रदान गर्न सक्षम छ भने अर्को १३० किलोवाट पावर र २९० एनएम टर्क प्रदान गर्न सक्षम छ । नेपाली बजारमा ७० किलोवाट क्षमताको मोटरमा आउने छ ।

 

सून्यदेखि १०० किलोमिटरको स्पीड १०.९ सेकेन्डमा भेट्टाउन सक्ने यो कारमा ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।

 

सिट्रोन सीथ्री

सिट्रोनले भारतमा उत्पादन गरेको क्रसओभर ह्याचव्याक सीथ्री इलेक्ट्रीक अर्को नेपाल आउने मोडल हो । भारतमा बुकिङ खुल्ला भएको सीथ्री नेपाल पनि आउने आधिकारीक विक्रेता साँग्रिला मोटर्सले जनाएको छ ।

 

सिट्रोन सीथ्रीमा २९.२ किलोवाट आवरको ब्याट्री रहेको छ । साथै, यसमा ४२.५ किलोवाट क्षमताको मोटर भएको कारण यसले करको कारण दबाब झेल्नु पर्ने छैन । आफ्नो कम्बस्चन इन्जिनकै डिजाइन र फिचरमा यसलाई ईभी बनाइएको हो ।

 

एआरएआईका अनुसार सीथ्री इलेक्ट्रीकले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने प्रमाणित भएको सीथ्रीमा ईको र स्ट्यान्डर्ड गरी दुई ड्राइभिङ मोड दिइएको छ । यसले डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि उपलब्ध छ ।

 

सीथ्रीमा रहेको ब्याट्रीलाई फास्ट चार्जरले ५७ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । होम चार्जरले भने १०.५ घण्टामा फुल चार्ज गर्न सक्छ ।

 

सीथ्री इलेक्ट्रीकमा १० इन्चको फराकिलो टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी–बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड फिचर उपलब्ध रहने छन् ।

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्