टाइगर कप भलिबल: एपिएफको दुवै टोलीको जित
पाेखरा | माघ १०, २०७९
पोखरा: पोखरामा जारी तेस्रो टाइगर कपमा एपिएफ क्लबको महिला/पुरुष टोलीले जित निकालेको छ ।
‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन विभागिय टोलीको बर्चश्व जारी रहेको छ ।
महिलातर्फको आजको पहिलो खेलमा भने एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्टस क्लबलाई सोझो ३–० को सेटमा पराजित गरेको छ । एपिएफले २५–१५, २५–२० र २५–७ ले विजयी भएको थियो । उक्त खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन ।
दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र २५–१६ ले पाखा लगायो । उक्त खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खड्का भइन ।
महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लब र एपिएफ क्लबले २–२ खेलबाट समान ६–६ अंङक बटुलेको छ भने न्यू डायमण्ड र गण्डकीले कुनै खेल जित्न सकेका छैनन् ।
यस्तै पुरुष तर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको छ । पुलिसले १९–२५, २३–२५,२५–२३, २५–१९ र २५–१३ ले खेल जितेका थियो ।
त्यस्तै अर्को एक खेलमा आयोजक गण्डकी शसस्त्र प्रहरीको क्लब एपिएफसंग पराजित भएको छ ।
एपिएफले २५–१९, २५–२३, २०–२५ र २५–१९ ले विजय भएको थियो । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए ।
आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५÷२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०÷१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं: १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्द...
कञ्चनपुर: कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक...
पोखरा: गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ...