भूकम्पपछि ढुंगा पल्टेर बाजुरामा एक जनाको मृत्यु
बाजुरा | माघ १०, २०७९

बाजुरा: मंगलबार गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ की जमुना रोकाया रहेकी छन्। घाँस काट्न गएकी उनको भूकम्पपछि आएको ढुंगा लागेर मृत्यु भएको हो।
यसैगरी जिल्लाको गौमुल गाउँपालिका(१ का रामदल बोहोरा घाइते भएका छन्। भूकम्पले घर भत्किँदा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ।
घाइते बोहोराको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय सुभाष रोकायाले बताए। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका(११ भोपुरमा पनि एक वृद्धा घाइते भएका छन्।
बाजुरा केन्द्रविन्दु भएर ५।९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बागलुङ : बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला...
कावासोती: राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् । ...
बलेवा: मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्य पहा...