सुक्रसहित आठ गल्फर क्वार्टरफाइनलमा

काठमाडाैं | माघ १०, २०७९

सुक्रसहित आठ गल्फर क्वार्टरफाइनलमा

काठमाडौं:   सुक्रबहादुर राईसहित १० गल्फर सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन सुक्रले टंकबहादुर कार्कीलाई ५र४ ले हराउनुभयो । 


यसैगरी भुवन कुमार रोकाले रामे मगरलाई २र१, रवि खड्काले प्रदिम कुमार लामालाई २र१, रमेश अधिकारीले सञ्जय लामालाई ३र१, दिनेश प्रजापतीले सूर्य प्रसाद शर्मालाई १र०, जयराम श्रेष्ठले कृष्णमान राजबाहकलाई १र०, धनबहादुर थापाले बलभद्र राईलाई ३र२ र भुवन नगरकोटीले सन्जोग मोक्तानलाई ३र२ ले हराउँदै अन्तिम आठमा स्थान बनाउनुभएको हो ।


नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको प्रतियोगितामा शीर्षवरीयताका १६ प्रोले भाग लिएका थिए । तीन दिने प्रतियोगितामा बुधबार क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ । बिहीबार ३८ होलको फाइनल खेल हुनेछ ।


गल्फ टुर अन्तर्गत सिजनको तेस्रो स्पर्धाको रुपमा आयोजित प्रतियोगिताको विजेताले ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेतालाई ४२ हजार, तेस्रो हुनेलाई ३२ हजार र चौथो हुनेलाई २४ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।


क्वार्टरफाइनलबाट बाहिरिने खेलाडीलाई ११ हजार र पहिलो चरणबाट बाहिरिने खेलाडीलाई जनही ६ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

कास्की:   पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको  जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।    कास्कीको (साबिक कन्धनीडाँडा गाविस &ndas...

थप पढ्नुहोस्

पर्साः   वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।   वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका स...

थप पढ्नुहोस्

दाङः   बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ ।   हरेक वर्ष आम्दानी बढेपछि चैते धा...

थप पढ्नुहोस्