न्यूरोडको ‘न्यू लुक्स’

२५ प्रतिशत सकियो डिभाइडरको काम

पाेखरा | माघ ९, २०७९

न्यूरोडको ‘न्यू लुक्स’

कास्की:  पोखरा महानगरपालिकाको एउटा कार्यक्रम ‘उज्यालो पोखरा’, यही योजना अन्तरगत ६ करोड ३७ लाख बजेट विनियोजन गरिएको छ । पोखरा महानगरपालिकाको यो योजनामा नेपाल विद्युत प्राधिकरणको पनि साथ छ । र कुल १२ करोड ७५ लाखको उक्त योजनाको बाँकी लागत प्राधिकरणले व्यहोर्ने छ ।

 

पोखरा र शहरका मूख्य चोकलाई झिलिमिली बनाउन महानगर ‘उज्यालो पोखरा’ कार्यक्रम ल्याइएको हो ।

 

पोखराको जिरो किमी, तमु ह्युला चोक विरौटा, बसुन्धारा पार्क, शहिदचोक र हल्लनचोकमा हाइमास्ट लाइट सञ्चालनमा आइसकेको छ भने लखनचोक, विपीचोक, नदीपुर, बाटुलेचौर तथा लामाचौर लगायतका २३ स्थानमा हाइमास्ट लाइट जडानको काम धमाधम भइरहेको छ । 

 

पहिलो चरण अन्तरगत सभागृहचोकदेखि बिपीचोकसम्मको न्यूरोड सडकखण्डमा स्ट्रिट लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । ‘न्यूरोडमा स्ट्रिट लाइट जडानको काम सकिन लागेको छ । यसले न्यूरोडलाई न्यू लुक्स दिनेछ’, पोखरा महानगरपालिकाका इन्जिनियर धु्रब भट्टराईले सुनगाभा न्यूजसँग भने, ‘हामीले सभागृहदेखि बिपीचोकसम्म ६० वटा सडकबत्ती जडान गरेका छौं । अब अप्रेशनमा मात्रै आउन बाँकी छ । 

 

उनका अनुसार सो लाइनमा हरेक २५ मिटरमा एक विद्युत लाइट राखिएको छ । पोखरा महागनगरको ‘उज्यालो पोखरा’ कार्यक्रमको सो बजेटबाट पोखरा महानगरभित्र कुल १ हजार ५ सय ४ वटा सडक बत्ती जडान हुनेछ । 

 

इन्जिनियर भट्टराईले पहिलो चरण अन्तरगतका सबै काम करिब डेढ महिनामा सक्ने लक्ष्य रहेको बताए । ‘पहिलो चरणको काम धमाधम भइरहेको छ, उनले भने, करिब डेढ महिनामा काम सक्ने लक्ष्यसहित तिब्रता दिन भनेका छौ ।’

 

उनले दोस्रो चरण अन्तरगत जिरो किमीदेखि पोखरा–२५ फेदीसम्मको हाइवेमा सडक बत्ती (स्ट्रिट लाइट) जडान गरिने बताए । ‘अहिले पहिलो चरणको काम भइरहेको छ । त्यो बजेटबाट २३ वटा हाइमास्ट र १ हजार ५ सय  ४ वटा सडक बत्ती जडान हुन्छ’, इन्जिनियर भट्टराईले भने, ‘दोस्रो चरणमा जिरोदेखि फेदीसम्मको हाइवेमा सडक बत्ती जडान गर्ने काम हुन्छ ।’

 

भट्टराईका अनुसार उज्यालो पोखरा अन्तरगतको सो योजनाको ठेक्का टक्सन इनर्जी प्रालिले पाएको हो । 

 

यसअघि पोखरा महानगरपाललिकाले चीनको सहयोगमा वि. स. २०७० सालमा पर्यटकीय क्षेत्र लेकसाइड र न्यूरोडमा सौर्यबत्ती जडान गरेको थियो । ‘धेरै पहिले जडित त्यो सोलार लाइटले अहिले केहीले मात्रै काम गरेको छ भने अधिकांश बिग्रिएको छ । ‘अहिले काम लाग्ने अवस्थामा छैन, भट्टारईले भने, ‘ब्याट्री पुरै ड्यामेज छ । बनाउन धेरै खर्च लाग्ने देखिन्छ । त्यसैले पोलहरु चाँही काम लाग्छन् । तिनीहरुलाई रियुज गर्छौ ।’ 

 

२५ प्रतिशत सकियो डिभाइडरको काम

 

गत मंसिर २१ गते महानगरबाट कार्यदेश पाएको निर्माण कम्पनीले डिभाइडर निर्माणको काम करिब २५ प्रतिशत सक्काएको छ । 

 

सभागृहदेखि विपीचोकसम्म (१ हजार ५ सय मिटर दुरी) निर्माणाधिन डिभाइडरका लागि व्यवस्थित कटिङ गर्नुेपर्ने भएकाले निर्माणकार्यमा ढिलाई भएको पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले बताए ।

‘यो डिभाइडरको चौडाई २५ सेन्टिमिटर र गहिराई ३० सिएम हो’, इन्जिनियर पौडेलले भने, ‘अप्रेशन गरेर बच्चा झिके जस्तै मिलाई मिलाई मेसिनले कटिङ गर्नुपर्ने भएकाले केही ढिलो भएको जस्तो देखिएको हो तर समयमै सक्ने योजनासहित काम भइरहेको छ ।’

 

उनले सो डिभाइडर आकर्षक बन्ने बताउदै पोखरेली ढुङ्गाको प्रयोग गरिने बताए । ‘यो डिभाइडर फरक र आकर्षक हुन्छ । डिभाइडरको दुवैतर्फ पोखरेली ढुङ्गा लगाइन्छ । र बिचको भागमा विभिन्न रङका फूलहरु लगाइन्छ’, उनले भने, ‘त्यसैले सडकबत्ती र आकर्षक डिभाइडरले न्यूरोडको मुहार नै फेर्ने विश्वास लिएका छौं ।’

 

उनका अनुसार सो डिभाइडर निर्माणको जिम्मा एबी कन्सट्रक्सन पोखरा प्रालिले पाएको छ । पोखरा महानगरपालिकासँगको सम्झौता अनुसार आगामी बैशाख ३१ गते सम्पन्न गर्नुपर्नेछ भने निर्माण लागत भ्याटसहित १ करोड १३ लाख ९० हजार रुपैयाँ रहेको छ । 

 

दुर्घटना न्यूनीकरणमा भूमिका खेल्छ: ट्राफिक इन्सपेक्टर शाह
 

न्यूरोडमा निर्माणाधिन डिभाइडरले सवारी दुर्घटनालाई न्यूकिरण गर्न सघाउ पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताए ।

‘अहिले बनेको डिभाइडरले सडक दुर्घटना रोक्न सघाउ पुग्छ किनभने सडकबत्ती यथेष्ट छ’, उनले भने ‘त्यसमा इन्टरनेशनल प्राक्टिस अनुसारनै यूटर्न कहाँ गर्ने, राइट टर्न कहाँबाट गर्ने र यात्रुले सडक कहाँबाट क्रस गर्ने भन्नेबारे निश्चित र व्यवस्थित हुन्छ । त्यसैले दुर्घटना केही कम हुन्छ ।’
 

जथाभावी स्थानबाट (जेब्रा क्रसबाहेकका स्थान) सडक क्रस गरेकै कारण पोखरामा प्राय दुर्घटना हुने गरेको इन्सपेक्टर शाहले बताए । ‘पोखरामा दैनिक करिब आधा दर्जन सवारी दुर्घटना (साना तथा ठुला) हुने तथ्याङ्क छ’, उनले भने, ‘शहरी क्षेत्रमा तोकिएको स्थानबाट बाटो नकाट्दा दुर्घटना भएको पाइन्छ । त्यसैले डिभाइडर भयो भने त्यसपमा ट्राफिक नियम र अनुशासन लागु हुन्छ । यसको आवश्यकता अपरिहार्य छ ।’
 

स्ट्रिट लाइटको जडानसँगै डिभाइडर निर्माण भएको बताउदै उनले सवारी चालकलाई अनुशासित बनाउन मद्दद पुग्ने धारणा राखे । ‘पोखरामा तुलनात्मक रुपमा ट्राफिक अनुशासन कम छ । किनभने मूख्य चोकहरुमा ट्राफिक लाइट छैन’, अहिले महेन्द्रपुलमा जडान भएपनि अप्रेशनमा छैन । यस्तो कुराहरु शहरहरुमा जरुरी रहन्छ ।’ इन्सपेक्टर शाहले भने । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्