‘नुबई दरबार’ सार्वजनिक (भिडियोसहित)
पाेखरा | मंसिर २१, २०७९

पोखरा: गायक नविन गुरुङको म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भएको छ । गुरुङ भाषामा रचना गरिएको नुबई दरबार मंगलवार साँझ ‘गुरुङ स्टुडियो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
नविन गुरुङ कै शब्द रचना रहेको गीतमा गायिका उषा गुरुङले साथ दिएकी छिन् भने धन बहादुर गुरुङले संगीतबद्ध गरेका छन् ।
म्युजिक भिडियो गुरुङ समुदायमा प्रचलित रोधीं संस्कृतिको दृस्टीगत गर्दै निर्माण भएको गुरुङले बताए । ‘लोप हुदैँ गएको गुरुङ भाषा, संस्कार, संस्कृति बचाउने अनि रोधींमा नाचिने थियटर गीतलाई पुनर्जीवित तुल्याउने हेतुले भिडियो निर्माण गरेका हौँ’ उनले भने, ‘यस अभियानमा हामीलाई देश विदेशमा रहेका गुरुङ समुदाय विभिन्न व्यक्तित्वहरुले साथ दिनु भएको छ । उहाँहरुप्रति आभारी छु।’
भिडियोमा गुरुङ सिनेमाका नायक ओम प्रकाश गुरुङ, दल बहादुर गुरुङ, विपना गुरुङ र मोनिका गुरुङको अभिनय रहेको छ भने विपना गुरुङले नृत्य निर्देशन गरेकी छिन् ।
तमु धिं नेपालको प्राङ्गणमा छायांकन गरिएको म्युजिक भिडियो सन्दिप तिवारीले निर्देशन गरेका छन् । त्यस्तै छायांकन र सम्पादन पनि तिवारी कै रहेको छ भने अर्जुन बास्तोलाले क्यामरामा सघाएका छन् ।
VIDEO LINK: https://www.youtube.com/watch?v=7AvjF67cQxw&t=118s
बलेवा: मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्य पहा...
ढोरपाटन: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड ...
कपिलवस्तु: कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परे...