हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

पाेखरा | असार २८, २०८३

हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गर्ने निर्णय गरेको हो । फोनिज कास्कीको बैठकले प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गरेको छ ।

 

पुरस्कार २०८२ बाट हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिनेछ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका पति कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा यो पुरस्कार स्थापना गरिएको हो । फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाका अनुसार आगामी २९ असार सोमबार एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।

 

२०८२ को पुरस्कारबाट सम्मानित हुन लागेका हितानमगर २०४१ सालदेखि पत्रकारितामा सक्रिय छन् ।

 

उनले काठमाडौँको परिस्थिति साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । उनले अवलोक, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक र आदर्श समाज दैनिकमा काम गरिसकेका छन् । हितानमगर हाल फेवा पोष्ट साप्ताहिकमा कार्यरत छन् ।

 

उनी तत्कालीन आदिवासी जनजाति पत्रकार संघ (अनिज) का संस्थापक अध्यक्ष समेत हुन् ।

 

यस्तै २०८३ को पुरस्कार पाउने गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा आबद्ध छिन् । उनले रेडियो नेपालमा गुरुङ भाषाको समाचार वाचन गर्दै पत्रकारिता सुरु गरेकी हुन् । उनले रेडियो गोर्खालीमा पहिलो पटक गुरुङ भाषामा समाचार वाचन गरेकी थिइन् । उनी रेडियो नेपालमार्फत निरन्तर भाषा पत्रकारितामा क्रियाशील छिन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्