पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
काठमाडाैं | जेठ १३, २०८३
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।
मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार उनी माइतीघरबाट रामबजारस्थित आफ्नो घर फर्किने क्रममा अमरसिंह चोक आसपासबाट अचानक सम्पर्कविहीन भएकी हुन् ।
साँझको करिब ६ देखि ७ बजेको समयमा उनी हराएको बताइएको छ । करिब ४ फिट १० इन्च उचाइकी उनी कालो पाइन्ट र रातो टी–शर्ट लगाएकी थिइन् ।
उनी लामो समयसम्म घर नफर्किएपछि उनको परिवारले सबैलाई खोजि गर्न आग्रह गरेको छ ।
परिवारले रितुलाई कहिकतै देखेको खण्डमा मोबाइल नम्बर ९८४६६०३२८५ मा सम्पर्क गर्न आग्रह गरको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

