गण्डकी सरकारद्वारा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय
कर्मचारीलाई योगदानमा आधारित पेन्सन, ४ करोड लागतमा ४ गाडी किन्ने
पाेखरा | बैशाख १०, २०८३
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्वास्थ्य सेवा तथा संक्रमण रोग व्यवस्थापन कार्यविधि २०८३’ स्वीकृत गर्दै उक्त कोष परिचालनको बाटो खुलेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जित बहादुर शेरचनले बताए ।
प्रदेश सरकारले ५३ वटा सूचीकृत रोग तथा भविष्यमा देखिन सक्ने नयाँ सरुवा रोगलाई लक्षित गरी ५ करोड रुपैयाँको कोष खडा गरेको छ ।
महामारीको समयमा बजेट अभाव हुन नदिन र तत्काल उपचार तथा व्यवस्थापनका लागि यो रकम खर्च गरिने सरकारका प्रवक्ताले जानकारी दिए ।
कर्मचारीलाई योगदानमा आधारित पेन्सन
मन्त्री शेरचनाका अनुसार बैठकले गण्डकी प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूको सामाजिक सुरक्षाका लागि ‘योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोष’ सम्बन्धी विधेयकको अवधारणा स्वीकृत गरेको छ ।
सो व्यवस्थाले नयाँ नियुक्त हुने कर्मचारीहरूको हकमा अवकाशपछि प्राप्त हुने भत्ता तथा सुविधालाई कोषमार्फत व्यवस्थापन गर्ने उनले बताए ।
गम्भीर रोगीलाई आर्थिक सहायता
सरकारले मानवीय राहत अन्तर्गत प्रदेशका १९६ जना गम्भीर प्रकृतिका रोगीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता शेरचनले जानकारी दिए । उनका अनुसार उपचार खर्च अभावमा रहेका नागरिकलाई राहत दिन यो कदम चालिएको हो ।
बजेट कार्यान्वयन र प्रशासनिक सुधार
चालु आर्थिक वर्षको बजेटलाई थप प्रभावकारी बनाउन ‘बजेट कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ लाई संशोधन गरिएको मन्त्री शेरचनले सुनाए ।
यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका लागि आवश्यक सवारी साधन खरिद गर्ने र सरकारी कार्यालयमा रहेका पुराना सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम तथा मिनाहा गर्ने प्रक्रियालाई पनि बैठकले स्वीकृत गरेको छ ।
यस्तै प्रदेश सभा सचिवालयका लागि करिब ४ करोड लागतमा ४ वटा इभी गाडी खरिद गर्ने सैद्धान्तिक सहमतिसमेत भएको मन्त्री शेरचनले बताए ।
गण्डकी सरकारले यस पटक स्वास्थ्य र कर्मचारी प्रशासन सुधारलाई प्राथमिकतामा राखेर यी निर्णयहरू गरिएको बताइएको छ ।
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

