आहा! रारा गोल्डकपमा दोस्रो सेमिफाइनल: आभा क्लब र जावलाखेल भिड्दै
सहारा क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्ध पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जीत निकाल्दै सहारा क्लब फाइनलमा
पाेखरा | फागुन ७, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज आभा फुटबल क्लब उज्वेकिस्तान र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।
पोखरा रंगशालामा दोस्रो सेमिफाइनल खेल अन्तर्गत आज आभा फुटबल क्लब उज्वेकिस्तान र जावलाखेल युथ क्लब भिड्ने भएका हुन् ।
आभा फुटबल क्लबले क्वाटरफाइनलमा प्लानिङ् ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्दै आभा क्लबले सेमिफाइनलमा स्थान बनाएको हो ।
यस्तै जावलाखेलले एपिआई पावर चर्च ब्वाइजलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
बुधबार भएको खेलमा आयोजक सहारा क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्ध पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जीत निकाल्दै सहारा क्लब फाइनलमा पुगिसकेको छ ।
यो जीतसँगै सहारा क्लब ९ वर्षपछि फाइनलमा पुगेको हो । यसअघि सहारा क्लब २०७३ सालमा मनाङसँग फाइनलमा १–० गोलले स्तब्ध बनेको थियो ।
प्रतियोगिताको फाइनल खेल भने आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

