९ वर्षपछि सहारा क्लबको फाइनल यात्रा, एमएमसी स्तब्ध

पाेखरा | फागुन ६, २०८२

९ वर्षपछि सहारा क्लबको फाइनल यात्रा, एमएमसी स्तब्ध

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमार्फत ७–६ गोल अन्तरले पराजित गर्दै सहारा क्लब फाइनलमा प्रवेश गरेको हो ।  

 

सहारा क्लब यसअघि २०७३ सालमा फाइनलमा पुगेको थियो । त्यसपछि अहिले लामो समयको अन्तरालपछि सहारा क्लब उपाधि नजिक पुगेको हो  ।

 

निर्धारित समयमा गोलरहित भएपछि खेलमा बाँकी ३० मिनेट थप गरिएको थियो । 

 

सो समयमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । सडेन डेथमा सविन खड्काको सुटलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले सेभ गर्दै सहारा क्लबलाई जीत दिलाए । 

 

उक्त खेलबाट सहारा क्लबका टाय डानियल बडारु म्यान अफ द म्याच घोषित भए ।

 

प्रतियोगिताको अर्काे सेमिफाइनल खेल जावलाखेल युथ क्लब र आभा फुटबल क्लब उज्वेकिस्तानबीच बिहीबार हुनेछ ।

 

आभा फुटबल क्लबले प्लानिङ् ब्वाइजलाई र जावलाखेलले चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

 

प्रतियोगिताको फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्