पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

इटहरी | फागुन २, २०८२

पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

 

सशस्त्र प्रहरी हवल्दार मनबहादुर न्यौपानेको नेतृत्वको टोलीले सीमाक्षेत्रस्थित अस्थायी चेकपोष्टबाट बिआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतको अररिया जिल्ला, बेला ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवानलाई नियन्त्रणमा लिइएको हो ।

 

ति भारतीय नागरिकको साथबाट पेस्तोल, गोली तथा लागुऔषध ब्राउन सुगरसमेत बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १ बहार बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापाले जानकारी दिए ।

 

चेकजाँचका क्रममा पासवानको शरीरमा लुकाई राखिएको इटालियन ९ एमएम अटोमेटिक पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने २ राउण्ड गोली र करिब १०० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको बताइएको छ ।

 

त्यस्तै, उहाँको साथबाट केही नेपाली र भारतीय रुपियाँसमेत बरामद गरिएको छ ।

 

पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाइएको छ ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्