फोटो पत्रकार अक्षयकोष: सामाजिक अभियान्ता सरिता गुरुङको १५ हजार सहयोग

पाेखरा | माघ २०, २०८२

फोटो पत्रकार अक्षयकोष: सामाजिक अभियान्ता सरिता गुरुङको १५ हजार सहयोग

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । 

 

सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् । पोखरामा मंगलबार एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् । 

 

सहयोग हस्तान्तरण पछि अभियान्ता गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरको माध्यमबाट जनमानसमा पु¥याउने फोटो पत्रकारहरूको वृत्तिविकासका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

 

उनले भनिन्, ‘जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने विश्वास लिएकी छु ।’

 

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुरकी गुरुङ रोजगारीको सिलसिलामा अहिले अमेरिका बस्छिन् । 

 

सहयोग ग्रहण पछि एपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।

 

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

 

यसैबिच, अभियान्ता गुरुङले सोही कार्यक्रममा सहारा क्लब पोखरालाई पनि १० हजार रुपैयाँ सहयोग गरेकी छिन् । क्लबले सञ्चालन गर्ने आहारारा पोखरा गोल्डकपको २५ वर्ष अर्थात रजत वर्षलाई विशेष बनाउनका लागि उक्त सहयोग गरेकी हुन् । 

 

उक्त रकम अभियान्ता गुरुङले सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेकी हुन् । 
 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्