पोखरामा दाँई महोत्सव
पाेखरा | मंसिर १३, २०८२
पोखरा: पोखरा महानगरपालिका वडा नं.१९ चुरुङ्गामा तेस्रो संस्करणको दाँई महोत्सव गरिएको छ । परम्परागत कृषि प्रणालीमा आधारित दाँई कृषि उपज भित्र्याउने क्रममा परम्परागत ढङ्गले नै गोरुको सहायतामा पराल माड्ने कार्यलाई बुझिन्छ ।
मूल रूपमा धान झारी सकेपछि बाँकी रहेको धान समेत झार्ने र कुन्यू लगाइएको पराल खलामा बिच्छ्याएर त्यसमाथि गोरुलाई लहरै दाम्लो वा डोरीले बाँधेर दाँईमा घुमाउने गरिन्छ ।
यसलाई कृषकहरूको उत्साह तथा मनोबल उच्च बनाउने उद्देश्य अनुरूप पोखरा महानगरपालिका समेतको सहकार्यमा महोत्सवका रूपमा मनाइएको हो ।
उक्त अवसरमा पोखरा महानगर क्षेत्रमा ५०० मुरी, १०० मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले विशेष सम्मान प्रदान गर्नुभएको छ । यसले कृषकहरूलाई उत्पादन बढाउन, कृषिको व्यवसायीकरण, गोरु पालक कृषकहरूलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिकाले पोखराको पहिचानको रूपमा रहेको जेठोबुढो लगायत धानहरूको ब्राण्डीङ गरिरहेको छ भने, रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकहरूलाई मल, बिउमा अनुदान दिदैँआइरहेको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

