फूलबारीमा निशुल्क आँखा शिविर: १८५ जना लाभान्वित

१५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया हुने

पाेखरा | मंसिर १३, २०८२

फूलबारीमा निशुल्क आँखा शिविर: १८५ जना लाभान्वित

पोखरा: पोखरा महानगरपालिका-११ फूलबारीमा शुक्रबार निस्शुल्क आँखा परीक्षण तथा मोतिविन्दु पहिचान शिविर सम्पन्न भएको छ। फूलबारी क्लबको आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १८५ जनाको आँखा जाँच गरिएको थियो।


जाँचका क्रममा १५ जनामा मोतिविन्दु देखिएको र उनीहरू सबैको आगामी मंसिर २५, २६ र २७ गते दृष्टि आँखा अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ।


गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री थापाले यस्ता सामुदायिक शिविरले आर्थिक रूपले विपन्न नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो।  आँखाको उपचार निकै महँगो हुन्छ, यस्ता शिविरले धेरैको जीवनमा उज्यालो छर्ने काम गरेका छन् उहाँले भन्नुभयो।


शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। फूलबारी क्लबका सह(सचिव अनन्तराज आचार्यले भन्नुभयो हाम्रो सानो प्रयासले कसैको संसार अँध्यारो नहोस् भन्ने नै हाम्रो उद्देश्य हो।


क्लबले यस्ता स्वास्थ्यसम्बन्धी शिविरहरू भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।


कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष जनार्दन बाँस्तोलाले गर्नुभएको थियो भने संयोजन संगीता आचार्य र सञ्चालन  सचिव सबिना आचार्यले गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, दृष्टि आँखा अस्पतालका अध्यक्ष शिवप्रसाद पोख्रेललगायत जनप्रतिनिधि, विभिन्न संघ(संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्