पोखरामा क्लबस्तरीय भलिबल: पुरुषतर्फ लिगचरणका खेल जारी

पाेखरा | मंसिर ११, २०८२

पोखरामा क्लबस्तरीय भलिबल: पुरुषतर्फ लिगचरणका खेल जारी

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । 


पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज भएको पुरुषतर्फको पहिलो खेलमा ठकुरी समाज तनहुँले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । 


ठकुरी समाजले पोखरा भलिबल प्रशिक्षणलाई २५–१७, २५–२२ र २५–२२ ले पराजित ग¥यो । दोस्रो खेलमा एपिएफ पोखराले गुराँसे भुमे युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले गुराँसे भुमेलाई २५–१५, २५–१४ र २५–१८ ले पराजित ग¥यो । 


तेस्रो खेलमा बोहोराफाट समाज जापानले ठकुरी समाज तनहुँलाई ३–१ को सेटमा पराजित ग¥यो । बोहोराफाटले पहिलो सेट २५–१८, दोस्रो सेट २६–२४ ले जितेपनि तेस्रो सेट २३–२५ ले ठकुरी समाजलाई सुम्पियो । चौथो सेटमा उत्कृष्ट पूनरागम गर्दै बोहोराफाटले २५–१७ को जित निकाल्यो । 


आज नै भएको चौथो खेलमा एनवाइसी नरेठाटी गलकोटले गुराँसे भुमे युवा क्लबलाई ३–० को सेटमा पराजित ग¥यो । एनवाइसीले गुराँसे भुमेलाई २५–१६, २५–१७ र २५–१८ ले पराजित ग¥यो । 


पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ७ समूहको सहभागिता रहेको छ । 


पुरुषतर्फको खेल लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । 


पोल ‘ए’ तर्फ बोहोराफाट समाज जापान र ठकुरी समाजको समान ३÷३ अङ्क रहेको छ । ठकुरी समाजले आफ्नो पहिलो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेपनि दोस्रो खेलमा बोहोराफाटसँग पराजित भएको थियो । पोल ‘ए’ तर्फ नै रहेको पोखरा भलिबल प्रशिक्षण केन्द्रले कुनै अङ्क जोड्न सकेको छैन । पोखरा युनाइटेड स्कुलले खेल खेल्न बाँकी रहेको छ । पोल ‘ए’तर्फ ४ टिम रहेका छन् । 


यस्तै पोल ‘बी’तर्फ एपिएफ पोखरा र एनवाइसी नरेठाटी गलकोटको समान ३÷३ अङ्क रहेको छ । भने, गुराँसे भुमे युवा क्लब भने लिगचरणका दुवै खेलमा पराजित भएपनि प्रतियोगिताबाट बाहिरिएको छ ।  पोल ‘बी’ तर्फ तीन टिम रहेका छन् । 

 

खेल लिगकम नकआउटको आधारमा सञ्चालन भएकाले पहिलो सेमिफाइनलमा पोल ‘ए’को विजेताले पोल ‘बी’को उपविजेता र  दोस्रो सेमिफाइनलमा पोल ‘बी’को विजेताले पोल ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । 


उनका अनुसार महिलातर्फ भने सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनल प्रवेश गरी सकेका छन् ।  


पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए । 


यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । 


२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए । 


पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । 


 

पोखराः   पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर)  पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि  जितेका छन् ।   &ls...

थप पढ्नुहोस्

पोखरा:   आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के&n...

थप पढ्नुहोस्

काठमाडौं:  कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ च...

थप पढ्नुहोस्