आजदेखि १०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

काठमाडाैं | मंसिर ११, २०८२

आजदेखि १०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

काठमाडौं:  नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। 


साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ। 


राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो। 


चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको मध्य भागमा नेपालको नक्सा रहेको छ। 


त्यसैगरि नयाँ नोटमा तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। 


नयाँ नोट दृष्टिविहीन अनुकूलको रहेको छ। दृष्टिविहीनहरूले छामेरै थाहा पाउनेगरि नयाँ नोट डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ। 

 

पोखराः   पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर)  पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि  जितेका छन् ।   &ls...

थप पढ्नुहोस्

पोखरा:   आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के&n...

थप पढ्नुहोस्

काठमाडौं:  कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ च...

थप पढ्नुहोस्