जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडाैं | कात्तिक १७, २०८२

जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।


जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएकामा ४५ जनालाई गृहमन्त्रालय र विभिन्न जिल्ला प्रसासन कार्यालयले छानविन र अनुसन्धान गरी पठाएको सिफारिसका आधारमा शहीद घोषणा गरिएको र थप अरु पनि अनुसन्धान र छानविनपछि निर्णय हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगादीश खरेलले जानकारी दिनुभयो ।


त्यसैगरी, बैठकले बैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्याधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।


त्यस्तै वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली २०८२ स्वीकृत गरेको छ ।


त्यसैगरी मन्त्रिपरिषदको बैठकले विपद् संकट ग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्ला प्रभावित स्थानीय तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो।

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...

थप पढ्नुहोस्

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

थप पढ्नुहोस्