दलित एकता संजाल र स्वयंसेवी रक्तदाता समाजको रक्तदानमा २५ युनिट संकलन

पाेखरा | कात्तिक १६, २०८२

दलित एकता संजाल र स्वयंसेवी रक्तदाता समाजको रक्तदानमा २५ युनिट संकलन

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

पोखरा महानगरपालिका –१०, रामघाटस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राङ्गणमा आइतबार आयोजित  रक्तदानबाट २५ युनिट संकलन भएको हो ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल सुनचाँदी, रत्न तथा आभुषण व्यवसायी महासँघका केन्द्रीय अध्यक्ष किसान सुनारले पहिलो रक्तदाता अमित पौडेललाई ब्लडब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरे । 

 

सो अवसरमा बोल्दै प्रमुख अतिथि सुनारले रक्तदान जस्तो महान कार्य गर्न जो कोही पछि हट्न नहुने धारणा राखे । 

 

रक्तदानको एक एक थोपाको महत्व हुने बताउँदै उनले कसैको जीवन बचाउन रक्तदाताहरुको अतुलनीय योगदान रहने उल्लेख गरेका थिए ।

 

 

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य ढकाल, विश्वकर्मा समाज नेपालका अध्यक्ष रन बहादुर बिक, मिझार समाज गण्डकीका अध्यक्ष शालिकराम नेपाली, परियार सेवा समाज कास्कीका उपाध्यक्ष ज्ञानु परियार, ट्याक्सी सेवा केन्द्रका अध्यक्ष हरिराज आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

दलित एकता संजाल नेपाल, कतारका अध्यक्ष प्रकाश विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, हिरामणी भुषालले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग रहेको थियो । 

 

 

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...

थप पढ्नुहोस्

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

थप पढ्नुहोस्