सुनको मूल्यमा ४ दिनदेखि निरन्तर गिरावट

काठमाडाैं | कात्तिक १३, २०८२

सुनको मूल्यमा ४ दिनदेखि निरन्तर गिरावट

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।

 

गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० ले घटेर २ लाख ४१ हजार ९ सय रुपियाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर २ लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।

 

हिजो मङ्गलबार प्रतितोला २ हजार ९ सय रुपियाँले घटेपछि २ लाख ३७ हजारमा कारोबार भएको सुन बुधबार पुन: तोलामा ७ सय घटेर २ लाख ३६ हजार ३ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला २ हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर २ हजार ९६५ पुगेको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा आज सुन ३ हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...

थप पढ्नुहोस्

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

थप पढ्नुहोस्