जेन जेडदेखि जेन वाईसम्म: नेपालमा नयाँ राजनीतिक लहर कि अदृश्य उपनिवेशको सुरु ?

पाेखरा | कात्तिक २, २०८२

जेन जेडदेखि जेन वाईसम्म: नेपालमा नयाँ राजनीतिक लहर कि अदृश्य उपनिवेशको सुरु ?

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की

 

नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनीतिक दबाब र नयाँ पुस्ताको विचारबीच त्रिकोणीय द्वन्द्व चलिरहेको छ।

 

सामाजिक सञ्जालमा जन्मिएको, विश्व प्रवृत्तिबाट प्रभावित र आत्म–पहिचान खोजिरहेको पुस्ता — Gen Z र Gen Y — अहिले नेपालमा मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली भू–समीकरणको केन्द्रीय पात्र बन्दैछ। तर, प्रश्न यहीँ छ ।

 

के यो युवा चेत साँच्चै नयाँ राजनीतिक लहर हो ? वा यो लुसिफरको जस्तै आकर्षक “प्रकाश” हो, जसको अन्त्यमा अदृश्य उपनिवेशको अन्धकार लुकेको छ?

 

- लुसिफरको प्रतीक र नयाँ पुस्ताको विद्रोह

 

लुसिफर — प्रकाश ल्याउने देवदूत, जसले विद्रोह गरेपछि अन्धकारको पर्याय बन्यो।

 

त्यो प्रतीक आजको युवा पुस्तामा स्पष्ट देखिन्छ । उनीहरू प्रश्न गर्छन्, अस्वीकार गर्छन्, र परम्पराको चुनौती लिन्छन्।

 

यो विद्रोहको ऊर्जा सशक्त छ, तर मार्गदर्शक दर्शन बिना, यही ऊर्जा दिशाहीन हुन सक्छ।

 

नेपालका युवाहरू राजनीतिक, सामाजिक र सांस्कृतिक स्तरमा “पुरानो सत्तावाद” विरुद्ध आवाज उठाइरहेका छन्। तर यही आवाज, यदि बाह्य शक्तिहरूको रणनीतिक प्रयोगमा पर्‍यो भने, त्यो स्वतन्त्रता होइन । अदृश्य अधीनता हुनेछ।

 

- खम्पा बिद्रोहका अवशेष 

 

इतिहासको छायाँ, वर्तमानको रणनीति हाम्रो भूगोलले बिर्सन नसक्ने एउटा अध्याय हो, खम्पा बिद्रोह (१९६०–७० को दशक)।

 

तिब्बती विद्रोहीहरू, विदेशी शक्तिहरूको समर्थनमा नेपालको भित्री भूभाग प्रयोग गरेर सशस्त्र गतिविधि चलाइरहेका थिए।

 

नेपालले त्यसबेला कूटनीतिक दबाब, सैनिक कदम र राष्ट्रिय एकताको माध्यमबाट त्यो संकट नियन्त्रण गर्‍यो। तर आज, ती “खम्पा अवशेषहरू” प्रत्यक्ष रूपमा होइन, विचार र सञ्जालका रूपमा पुनर्जीवित भइरहेका छन् ।

 

सांस्कृतिक अभियान, धर्मका नाममा विदेशी लगानी, र ‘फ्रि तिब्बत’ को आडमा चल्ने वैचारिक सञ्जालहरूका रूपमा Gen Z र Gen Y को संवेदनशील चेत  जसले स्वतन्त्रता, मानवअधिकार र आत्मनिर्णयका कुरा गर्छ ।

 

त्यही सञ्जालको “Soft Target” बन्न सक्ने खतरा बढ्दैछ। विद्रोहको नाममा, फेरि पनि, नेपाललाई “Strategic Buffer Zone” बनाउने खेल सुरु भएको अनुभूति हुन थालेको छ।

 

- डिजिटल लुसिफर

 

प्रविधिको प्रकाश कि प्रभावको औजार ? आजको पुस्ता डिजिटल विश्वमा जन्मेको छ । TikTok, X, Instagram र YouTube उनका राजनीतिक पाठशाला हुन्।

 

तर त्यही माध्यम “Lucifer को प्रकाश” जस्तै आकर्षक छ। देखिन्छ उज्यालो, तर भित्र अन्धकार लुकाएको छ।

 

सामाजिक सञ्जालका ट्रेन्ड, अन्तर्राष्ट्रिय NGO र Foundation हरूको ‘Narrative’ ले युवाको विचार संरचना नै पुनर्लेखन गर्दैछ। नेपालको भू–राजनीतिक स्थिति चीन र भारतबीच यही कारणले “विचार युद्ध” को नयाँ मैदान बनेको छ। अब तोपको आवाज होइन, TikTok ट्रेन्ड र ह्याशट्यागको तुफानले दिशा तय गर्छ।

 

यो नै २१औँ शताब्दीको अदृश्य उपनिवेशवाद हो । जसमा आत्मा कब्जा गर्न बन्दुक होइन, बृत्ति, फन्ड र फ्रेम प्रयोग गरिन्छ।

 

- युवा चेत र राष्ट्रिय सन्तुलन :

 

विद्रोहलाई दृष्टिमा रूपान्तरण गरौँ नेपालका युवाहरूले विद्रोह गर्नु अपरिहार्य छ । तर त्यो विद्रोह राष्ट्रविरोधी नभई राष्ट्र–नवीकरणकारी हुनुपर्छ।

 

लुसिफरको विद्रोहले स्वर्ग गुमायो, तर बुद्धको जागरणले संसार उज्यालो बनायो। अब नेपाली युवाको हातमा छ — कुन बाटो रोज्ने? देशको कुल जनसंख्याको करिब ६५ प्रतिशत भाग १५ देखि ४५ वर्ष उमेर समूहमा पर्छ, जसमा Gen Y (३०–४४ वर्ष) पुस्ता मात्रै करिब ३५–४० प्रतिशत छन्। यिनै पुस्ता हुन् ।

 

जसले जनआन्दोलन, गृहयुद्ध, गणतन्त्र र प्रवासनको पीडा देखेका छन्, अनि परिवर्तनको अनुभव बोकिरहेका छन्। यो पुस्ता न त पुरानो युगको अन्ध विश्वासमा छ, न त नयाँ युगको भ्रममा उनीहरू चेत र क्षमता दुवैका प्रतिनिधि हुन्।

 

हाम्रो असन्तोष जायज छ, तर दिशाहीन असन्तोषले बाह्य शक्तिलाई लाभ पुर्‍याउँछ।

 

युवाहरूले पार्टी होइन, नीति पढ्नुपर्छ; विचार होइन, परिणाम माग्नुपर्छ। त्यसैले, विद्रोहको ऊर्जा र राष्ट्रिय चेतको संयोजन नै नयाँ लहर बन्न सक्छ।

 

- निष्कर्ष

 

खम्पाको छायाँ र लुसिफरको प्रकाशबीचको नेपाल नेपाल आज पनि “भू–राजनीतिक संक्रमण” बाट गुज्रिरहेको छ।

 

एकातिर विदेशी शक्तिहरूका “Democracy Promotion” नामका कार्यक्रमहरू छन्, अर्कोतिर आफ्नै दलहरूभित्रको असंवेदनशीलता। Gen Z र Gen Y बीचको विचार चेत, यो समयको निर्णायक शक्ति हो।

 

तर यदि त्यो चेत विदेशी फाउन्डेशनका मापदण्डमा ढालियो भने खम्पा बिद्रोहको बन्दुक सायद फर्केर आउने छैन, तर विचारको गोला फेरी चल्नेछ। नेपालका युवाले बुझ्न जरुरी छ ।

 

विद्रोह गलत होइन, तर विद्रोहको दिशा गलत भयो भने, स्वतन्त्रता पनि परनिर्भरता बन्छ।

 

यदी लुसिफरको चमकलाई बुद्धको उज्यालोमा रूपान्तरण गर्न सक्यौं भने, यो पुस्ता नेपाललाई पुनः जागरणको मार्गमा लैजानेछ । नत्र, यो केवल अर्को अदृश्य उपनिवेशको सुरु हुनेछ।

 

 

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...

थप पढ्नुहोस्

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

थप पढ्नुहोस्