तिहार विशेष: कास्कीको धितालमा भलिबल प्रतियोगिता हुने

कास्की | असोज २६, २०८२

तिहार विशेष: कास्कीको धितालमा भलिबल प्रतियोगिता हुने

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ धितालमा दिपावलीको अवसरमा भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

 

माछापुच्छ्रे गाउँपालिका ६ बुदुनेखोलास्थित खहरे खेलमैदानमा कात्तिक १ गतेदेखि ३ गतेसम्म खहरे युवा क्लबले गाउँस्तरीय  पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । 

 

सो प्रतियोगिताको विजेतालाई नगद रु २२ हजार २ सय २२, ट्रफिसहित मेडल प्रदान गरिने क्लबका अध्यक्ष नवीन गौतमले जानकारी दिए । उनका अनुसार उपविजेता हुने टिमले नगद रु रु १२ हजार २ सय २२, ट्रफिसहित मेडल प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि ३ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको गुरुङले बताए । उनका अनुसार टिम दर्ता फोन मार्फत (९८६४४२२६५५, ९८०८३०५८४० र ९८०५८०९९२९) पनि गर्न सकिनेछ ।

 

सो प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रमकोसमेत प्रस्तुती रहने आयोजकले  जनाएको छ । 

 

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...

थप पढ्नुहोस्

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

थप पढ्नुहोस्